हाइलाइट

नवकान्तिपुर सहकारीका ८९ प्रतिशत सदस्य ऋणको पहुँच बाहिर

नवकान्तिपुर सहकारीका ८९ प्रतिशत सदस्य ऋणको पहुँच बाहिर :: Sahakari Akhabar

काठमाडौं । बत्तिसपुतलीमा मुख्य कार्यालय रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका ८९ प्रतिशत सदस्य ऋणको पहुँच बाहिर रहेको पाइएको छ । संस्थाका ११ प्रतिशत सदस्यमा मात्र ऋण पहुँच रहेको पाइएको छ ।

संस्थाको २०८० माघ मसान्तको विवरण अनुसार १० हजार २३६ सदस्य मध्ये १ हजार १७० जना सदस्यमा १ अर्व ३८ करोड १९ लाख ९ हजार ८६१ रुपैंयाँ ऋण लगानी भएको देखिएको छ । संस्थाले प्रकाशन गरेको पछिल्लो विवरण अनुसार संस्थाका कुल सदस्यको ११.४ प्रशितले मात्र ऋण उपभोग गरेको देखिएको छ ।

सामान्यतय सहकारीले ऋण लगानी गर्दा कूल सदस्यको तीस प्रतिशत सदस्यले ऋण उपभोग गरेको हुँदा जोखिम रहित संस्थाका रुपमा हेर्ने गरिएको छ । एउटै ब्यक्तिलाई ऋणको भार बढी हुँदा र एकै ब्यक्तीलाई धेरै ऋण लगानी गर्दा संस्था जोखिममा पर्नसक्ने बताइएको छ ।

सस्थाको आर्थिक वर्ष ०७८ / ०७९ को बार्षिक प्रतिवेदनमा संस्थाका ५० प्रतिशत संचालकले सस्तो ब्याजको ऋण चलाएको उल्लेख छ । जसले गर्दा धेरै सदस्यहरु ऋणको पहुँचमा नपुगेको देखिएको हो । संस्थाका सातजना संचालक तथा तीनजना लेखा समिति गरी दशजना मध्ये ५ जनाले सस्तो ब्याजमा ऋण चलाएको उल्लेख छ ।

प्रतिवेदन अनुसार संचालक समिति तथा उपसमितिहरुको त्यस्तो बाँकी ऋण ३ करोड २१ लाख ७३ हजार ६३६ रुपैयाँ छ । संस्थाको २६ औं बार्षिक प्रतिवेदनमा लेखापरिक्षकले यस आवको असार मसान्तसम्ममा ७ जना संचालक तथा ३ जना लेखा सुपरिवेक्षण समितिहरु मध्ये ५ जनाले ऋण लिएको पाइएको उल्लेख गरेको छ । साथै ‘संस्थाका संचालक समितिका सदस्यलाई सहुलियतमा ऋण लगानी गरिएको पाइयो’ लेखापरिक्षकले टिप्पणी गरेको छ ।

संस्थाको माघ मसान्तको विवरण अनुसार संस्थामा ९ करोड ३४ लाख १३ हजार ५०० रुपैंयाँ शेयर पूँजी तथा २ अर्व ३६ करोड ३८ लाख ७१ हजार ७७३ रुपैंयाँ बचत रहेको जनाएको छ । त्यसैगरी संस्थाको जगेडा कोषमा १९ करोड ९८ लाख ९२ हजार २२५ रुपैयाँ र विभिन्न कोषहरुमा ५ करोड २२ लाख ३० हजार ४२० रुपैंयाँ रहेको जनाइएको छ ।

संस्थामा २९ करोड ७६ लाख ६१ हजार ३१६ रुपैंयाँ संस्थागत पूँजी तथा २ अर्व ८१ करोड ७६ लाख ७६ हजार ५५८ रुपैंयाँ कूल सम्पति रहेको संस्थाको काठमाडौंको इन्द्रचोकमा शाखा कार्यालय समेत रहेको छ ।

यो पनि पढ्नुहोला

नवकान्तिपुर सहकारीका ५० प्रतिशत संचालकले चलाए सस्तो ब्याजमा ऋण

नवकान्तिपुर सहकारीका संचालकको बार्षिक भत्ता ५० लाख बढी

नवकान्तिपुर सहकारीका संचालक र कर्मचारीलाई सस्तो ब्याजदरको कर्जा, संस्थाको मुनाफामा ७३.६६ प्रतिशतले गिरावट



Leave a comment