ललितपुर । सहकारी संस्थालाई सफ्टवेयर लगायत डिजिटल सेवा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रा लि र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघबीच कोर बैकिङ्ग प्रणाली प्रयोग गर्ने समझदारी भएको छ ।
लगनखेलस्थित संघको कार्यालयमा इन्फोडेभलपर्सका तर्फबाट सेल्स म्यानेजर अनिश कुमार झा र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष बसन्त मालीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउनका साथै स्वनियम र सुशासन कायम राख्न सहयोग पुर्याउँदै आएको उत्कृष्ट सफ्टवेयर कम्पनीसँग साझेदार हुन पाएकोमा संघका कोषाध्यक्ष बसन्त मालीले खुसी ब्यक्त गरे ।
यसैगरी संघका व्यवस्थापक सन्तोष बजगाईँ र सहायक व्यवस्थापक भिम खड्काले यस साझेदारीले ललितपुरका सहकारीलाई डिजिटाइज एवं स्वचालित बनाउने बताएका छन् ।
इन्फोडेभलपर्सका सेल्स म्यानेजर अनिश कुमार झाले सहकारी क्षेत्रको स्वामित्व, विकास र उत्कृष्टताका लागि यो साझेदारी कोषेढुङ्गा सावित हुने बताए । उनले आगामी दिनमा अन्य जिल्ला सहकारी संघहरुसँग समेत सहकार्य गर्दै जाने बताए ।
सन् २००२मा स्थापना गरिएको इन्फोडेभलपर्स प्रालि, सहकारी र बैंक तथा बित्तिय संस्थाहरुको लागि कोर बैकिङ्ग प्रणाली, मोबाइल बैकिङ्ग तथा स्वचालित कार्यलय संचालन प्रणालि विकास गर्ने फिनटेक कम्पनी हो ।
यसले सहकारीहरुलाई प्रविधिमैत्री बनाउन सहयोग गर्छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी र बैंक तथा बित्तिय संस्थाहरुको लागि विभिन्न परियोजना, प्रडक्ट र सेवा दिने इन्फोडेभलपर्समा ३५० बढी कर्मचारीहरुले इन्फोडेभलपर्समा काम गरिरहेका छन् ।
Leave a comment