काठमाडौं । पोखराको वुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले माघ १ गतेदेखि लागु हुनेगरी ऋण लागनीमा नयाँ नीति लिएको छ ।
संस्थामा अधिक तरलता भएको र सदस्यहरुलाई सर्वसुलभ व्याजदरमा ऋण प्रवाह गर्ने उद्धेश्यले मिसन १०० अन्तर्गत नयाँ ऋण प्रवाहको नीति लिएको हो । संस्थाले माघ १ गते बाट लागु हुनेगरि १०० दिने ऋण लगानीको योजना ल्याएको छ।
योजनामा १०० दिनसम्म योजना सञ्चालन गर्ने, एकजना सदस्यलाई एक करोडसम्म लगानी गर्ने र लगानीमा व्यवस्थापन शुल्क नलाग्ने योजाना ल्याएको छ ।
संस्थाले उक्त योजनामा ऋण लिने सदस्यलाई १३.५० प्रतिशत मात्र ब्याजदर लिने संस्थाका सूचना अधिकारी मिलन ढकालले जानकारी दिए ।
त्यसैगरी संस्थाले कोभिड महामारी र विश्वव्यापी आर्थिक मन्दीले पारेको असरले सदस्यहरुमा पर्न गएको असरलाई न्युनीकरण गर्ने उद्धेश्यले सदस्यहरुलाई हाल कायम रहेको व्याजदरमा एक प्रतिशत व्याज कम गर्ने निर्णय पनि गरेको ढकालले जानकारी दिए ।
संस्थामा हाल १ हजार ३९१ जनाले ऋण उपभोग गरिरहेको जनाइएको छ । संस्थामा ९ हजार १ सय १५ जना सदस्य, २० करोड ४५ लाख शेयर पुँजी र १ अर्व ७० करोड निक्षेप बचत रहेको छ ।
१ अर्व ७१ करोड ऋण लगानी, तरलता ३१.१० प्रतिशत, शुद्ध संस्थागत पुँजी १८ करोड ७० लाख छ भने कुल वासलात २ अर्ब ३२ करोड रहेको जनाइएको छ ।
संस्थाले एटिएम सेवा, मोबाईल बैकिङ्ग सेवा, एसएमएस सेवा र क्यूआर कोड प्रविधी मार्फत भुक्तानी सेवालाई सहजीकरण बनाउदै आईरहेको छ ।
संस्थाले ग्रामीण क्षेत्रका महिलाहरुलाई लक्षित गरि २ हजार बढी सदस्यहरुमा सामुहिक सहकारी लघु ऋण कार्यक्रम सञ्चालन गरेको छ ।
संस्थाले नियमित रुपमा सदस्यलाई सहकारी शिक्षा, विस्तारित मञ्च, वित्तीय परामर्श, वित्तीय साक्षरता, प्रविधी साक्षरता, युवा तथा महिला केन्द्रित उधमशिलता सम्वन्धि सचेतना अभियान संचालन गरिरहेको छ।
त्यसैगरी सामुदायिक हितका दर्जनौ कार्यक्रमहरु सञ्चालन गरिरहेको र सदस्यसंग रोयल भन्ने कार्यक्रम लोकप्रिय रुपमा अगाडी बढीरहेको सूचना अधिकारी ढकालले बताए ।
संस्थाको कास्की, तनहुँ, स्याँङ्गजा, पर्वत र लमजुङ्ग गरि ५ जिल्ला कार्यक्षेत्र र बुद्धचोक पोखरा, दुलेगौडा तनहुँ, भण्डारढिक कास्की र मोहरिया कास्कीमा सेवा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।
Leave a comment