मिरा इआरपिको विषयलाई साधारण सभाले उच्चस्तरिय छानबिन कमिटी गठन गर्नुपर्छ

मिरा इआरपिको विषयलाई साधारण सभाले उच्चस्तरिय छानबिन कमिटी गठन गर्नुपर्छ :: Sahakari Akhabar

अहिले सुशासन भंग गर्दैजाने र ब्यक्तिगत लाभ लिँदैजाने काम भएको छ । त्यसको ढाकछोपकोलागि पनि लिसो टाँसियजस्तै टाँसिनुपर्ने होला जस्तो लाग्छ । अर्को सहकारी अभियान भन्दा पनि राजनीतिक ब्यकग्राउण्डलाई बलियो बनाउन हुनुपर्छ ।

नेफ्स्कून नयाँ नेतृत्व छनोटको संघारमै छ, तपाइपनि आकांक्षी, के छ तयारी ?

हो, नेफ्स्कून नेतृत्व छनोटको तयारीमा छ, मेरो पनि उम्मेदवारी रहन्छ । म संगै कर्तब्यनिष्ट, इमान्दार, स्वच्छ छवी भएको र असल ब्यक्तिको नेतृत्वमा एउटा टिम नै जानु पर्छ भन्ने लाग्छ ।

त्यसैले म, मेरोलागि मात्र हैन टिमनै असल जानुपर्छ भनेर लागीरहेको छु । टिम पनि सहकारी जानेको बुझेको, सहकारीका सरोकारवालाहरु संग नीतिगत लविङ गर्नसक्ने बर्तमान सहकारीका समस्याको हल निकाल्न सक्ने नेतृत्व र टिम बन्नुपर्छ भनेर लागीरहेका छौं ।

वर्तमान टिम यहाँले भनेजस्तो छैन ?

त्यस्तो हैन, बर्तमान नेतृत्वमा कमजोरी धेरै कमजोरी भयो भन्न खोजेको हो । जव नेतृत्वमा नै कमजोरी भयो भने, त्यहाँ सुशासनका कुरा, ब्यक्तिगत लाभका कुरा अनि संस्थालाई हाँकेर जाने कुरामा असर आएको पाँए ।

नेफ्स्कूनमा विगत ४ वर्ष ब्यक्तिगत अनि मनोपोलीका कुरा भए । त्यसैले अभियानले नेफ्स्कूनको विषयमा औंला उठाएको देखिन्छ । सदस्यले त विगतदेखि नै मुल्याङ्कन गर्दैआएका हुन्छन् । पछिल्लो समयमा नेफ्स्कूनका गतिविधिले पनि प्रष्ट देखिन्छ ।

हरेक कुरा विवादित बनाइएको छ, नीति नियमको आफुहुँदो ब्याख्या गरेको छ । संचालक बिच बेमेल गराएर सिमितले स्वार्थ लिएका छन् । टिम परिपक्क भएन, एकादुई असल भएर के गर्नु काम गर्ने बाताबरण नै नभएपछि, त्यसैले टिम नै गतिलो हुनु पर्छ भनेको हो ।

हिजो के थियो आज के भयो ?

हिजोको नेतृत्वको बेग्लै छवी थियो, राष्ट्रिय मात्र हैन अन्तराष्ट्रियस्तरमा उच्च छवी थियो र नेफ्स्कूनको छवि पनि त्यही लेवलमा पुर्याउनुभएको थियो । आज त्यही छवी जोगाउन मुस्किल छ । हिजो नेफ्स्कून भनेको केन्द्रीय संघ र केन्द्रीय संघ भनेकै नेफ्स्कून भन्ने अवस्था थियो ।

हिजो नेफ्स्कूनका नेतृत्वलाई सहकारीको मान्छे भन्ने परिचय थियो । आज नेफ्स्कूनको नेतृत्वलाई पार्टीको मान्छे भनेर चिन्छन । दुखका साथ भन्नुपर्छ हिजोको दिन जुन इज्जत लिएर बचत ऋण सहकारी अभियान हिडेको थियो, आज त्यो हुन सकेन ।

सहकारी राजनीतिक दलको पकडमा गएको छ ?

अहिले सहकारी राजनीतिक पार्टीले कसरी हुन्छ क्याप्चर गर्ने भन्ने छ । उहाँहरुले पनि सहकारीको नेतृत्व पठाउँदा आफ्ना कार्यकर्ता मात्र हैन सहकारी बुझेका, जानेका र सहकारीलाई साँच्चै नेतृत्व गर्नसक्ने ब्यक्ति पठाए हुने, त्यो हुँदैन ।

अधिकांश दलले पठाएका संचालकहरु नेफ्स्कूनको फूलफर्म पनि भन्न नजान्ने, शुद्धसंग लेख्न पनि नजान्नेलाई पठाएर बचत अभियानको विकास कसरी हुन्छ ।

नेफ्स्कूनको पछिल्लो केही गतिविधिहरु बिवादित पनि बने नी ?

बिवादित बने, नेफ्स्कूनको इतिहाँसमा पहिलो पटक होला संचालकले नोट अफ डिसेन्ट पनि लेखे । मनोपोली भयो, सामुहिक निणर्य पनि भएन। बन्दै गरेको भवनमा प्रकृया नपुगेको, मिलेमतो भएको, काभ्रेको जग्गा अनि नेफ्स्कूनको लगानी रहेको मिरा इआरपि सफ्टवयरमा त करोडौं घोटालाका कुरा आएका पनि आएका छन् ।

यो विषयलाई आगामी साधारण सभामा एजेण्डाका रुपमा लानुपर्छ र साधारण सभाले यो विषयलाई उच्चस्तरिय छानबिन कमिटी गठन गर्नुपर्छ। यसलाई केही सिमित ब्यक्तिहरुको हावी छ नेफ्स्कूनमा र त्यसलाई कमाइगरि खाने भाँडोको रुपमा प्रयोग भएको छ, यो साकोस अभियानले सहन गर्ने विषय हैन ।

नेफ्स्कूनले गत वर्षको साधारण सभाले गरेको निणर्य पनि लागु गरेन भनिएको छ नी ?

मैले देखिरहेको छु, हरेक कुरा नेफ्स्कूनमा गुड गभर्नेन्स हुन सकेन । गंगटो जस्तो आफू संधै बाङ्गो हिड्ने अनि अरुलाई चाँही सिधा हिड भनेर भन्न नैतिकताले दिन्छ ? नेफ्स्कूनको गाइडलाइनलाई हेर्ने हो भने पछिल्लो समय खास सहकारीकालागि केही पनि गरेको छैन ।

सहकारीहरु स्वविबेकले आफ्नै क्षमताले अघि बढेका छन् । अहिले, नेफ्स्कूनको भर परेका छैनन् । तर बचत सहकारीलाई प्रवद्र्धन गर्नु नेफ्स्कूनको कर्तब्य हो । आफैले साधारण सभामा गरेको निणर्य पनि टेरेका छैनन् ।

विगतका अभ्यासहरुलाई पनि नेफ्स्कूनले मानेको छैन । सवैको एक एक कार्यकाल आफ्नो क्षमता देखाएर बिदा हुने अभ्यासलाई आज तोडिदै छ ।

नेफ्स्कूनको गत वर्षको साधारण सभामा नै निर्णय भएको विषय मंसिरमा नै साधारण सभा गर्ने, निर्वाचनको समय एक साता ब्यवस्थापनलाई कार्य गर्न दिने यी यावत कुराहरुलाई बल मिच्याइनै गरेर गएको देखिन्छ ।

तपाइले सहकारी अभियानलाई कसरी हेर्नुभएको छ र तपाईलाई अभियानले कसरी बुझेको छ ?

मेरो जीवनका अधिकांश समय बचत सहकारी अभियान भित्र नै बितेका छन् । म यसको वरीपरि नै छु । मलाई हिजो पनि यो अभियानले धेरै माया गरेको हो र आज पनि गरिरहेको छ ।

मरो भनाई के हो भने, म एक्लैलाई अभियानले माया गरेर पुग्दैन, म जस्तै सहकारी अभियानमा तिसौं वर्ष विताएका यसैमा योगदान गरेका सहकारीकर्मी अथवा अभियानकर्मीलाई पहिचान गरेर मायाँ गरिदिनुस् ।

हामी एउटा सिङ्गो टिम भयो भने यहाँहरुले बचत अभियानमा अपेक्षा गरेको कुरा दिन सक्छम् । भएन भने आजको अवस्था त यहाँहरुले नजिकबाट हेर्नुभएकै छ । त्यसैले समयमा निणर्य गर्न नचुकौँ । बचत अभियान सवैभन्दा उत्कृष्ट अभियान हो ।

नयाँ नेतृत्वको चुनौती के छन होला ?

आज कतिपय बचत ऋण सहकारी संस्थाहरु ताल्चा लगाएर बसेका छन् । सदस्यको बचत फिर्ता गर्न सकेका छैनन् । संचालक कर्मचारीमा निरासापन छाएको छ । अर्कोतर्फ बचत सहकारीले लगानी गरेको पनि मिलेको छैन ।

अर्को तर्फ सदस्यहरु बचत फिर्ताकालागि सडक आन्दोलनमा उत्रिएका छन् । यावत समस्या छन् । नेफ्स्कून बचत ऋण सहकारीको केन्द्रीय संघ भएको नाताले सवैभन्दा पहिला बचत ऋण सहकारीमा देखिएको समस्या समाधानमा पहिलो पाइला चलाउनसक्नु पर्छ । दोश्रो छुट्टै बचत ऐनकोलागि पहल गर्नुपर्छ ।

स्थिरिकरण कोष सोचेको र कल्पना गरेको भन्दा फरक छ, यो स्थिरिकरण भएन नेफ्स्कूनको सोच र मर्म अनुसारको कोष बनाउन पहल गर्नुपर्छ । साँच्चै काम गर्ने टिम आयो भने पानी खाने पनि फुर्सद पाउँदैन ।

नेफ्कूनको नेतृत्वमा लिसो झैं टाँसीरहनुपर्ने कारण के होला ?

अहिले सुशासन भंग गर्दैजाने र ब्यक्तिगत लाभ लिँदैजाने काम भएको छ । त्यसको ढाकछोपकोलागि पनि लिसो टाँसियजस्तै टाँसिनुपर्ने होला जस्तो लाग्छ । अर्को सहकारी अभियान भन्दा पनि राजनीतिक ब्यकग्राउण्डलाई बलियो बनाउन हुनुपर्छ ।

संघको खर्चमा दलका नेतालाई घुमाउने, स्रोत साधन दुरुपयोग गर्ने अवसर पाएकोले हो । हैन भने हिजोको अभ्यासलाई र अग्रजहरुले गरेको विगतलाई पनि हेर्न सकिन्छ नि हैन ?

प्रतिनिधि आउने कुरामा पनि जालझेलको शंका गरिएको छ नी ?

गत साधारण सभाले नै एक हप्ता अघि नविकरण र प्रतिनिधिको काम सक्ने निणर्य गरेको हो । त्यसपछि त्यो काम ब्यवस्थापनले ब्यवस्थितरुपमा गर्नपाउँछ भनेर समय राखेको हो । तोकिएको समयमा नआएकाहरुलाई फेरी घुसाउने काम गर्नुहुन्न ।

यसपालि मंसिर ३० गतेसम्मकालागि नविकरण र प्रतिनिधि आउने काम तोकिएको हो त्यही दिन भित्र आएकालाई मात्र आधिकारिक मान्नुपर्छ । फेरी नेफ्स्कून पहिलाको जस्तो पनि छैन ।

जहाँतही फिल्ड कार्यालय छन् काम गर्न सहज छ । ३५ दिने सूचना पनि जारी गरिसकेको छ । यसपछि आउने भन्ने विषय गैर जिम्मेवार हो । सूचनाका विषलाई उलंघन गरिएको रहेछ भने त्यो राम्रो हैन ।

अन्त्यमा मेरो आग्रह

म यसपाली नेफ्स्कूनको संचालक सदस्य पदमा उम्मेदवारी दिंदैछु । यहाँहरुको अमुल्य मतको अपेक्षा पनि गरेको छु । साथै याँहरुको मत राजनीतिक दल, भुगोलमा बर्गिकरण नगरि योग्य, सक्षम र इमान्दार सहकारीकर्मीको टिम छनोट गरी मत राखिदिनुहुन अनुरोध छ ।



Leave a comment