आइडियल सहकारीको असोजको वित्तिय विवरण प्रकाशित

आइडियल सहकारीको असोजको वित्तिय विवरण प्रकाशित :: Sahakari Akhabar

काठमाडौं । सप्तरीको राजविराजमा रहेको आइडियल सहकारीले असोज मसान्तको वित्तिय विवरण प्रकाशित गरेको छ।

संस्थाले सार्वजनिक गरेको विवरण अनुुसार संस्थाको ११ करोड ३४ लाख ३६ हजार ६ सय रुपैंयाँ पुगेको छ भने जगेडा कोषमा ११ करोड ६४ लाख ९९ हजार ४१६ रुपैंयाँ रहेको जनाइएको छ ।

त्यसैगरी संस्थाको विभिन्न कोषहरुमा ७ करोड १४ लाख ६८ हजार ३३९ रुपैंयाँ रहेको छ भने कुल संस्थागत पूँजी ११ करोड १४ लाख ६० हजार १९ रुपैंयाँ रहेको छ ।

संस्थाको ८८ करोड ३६ लाख ५५ हजार ९७३ रुपैंयाँ बचत र ऋण लगानीमा ७९ करोड ५० लाख ७४ हजार १७७ रुपैंयाँ रहेको जनाएको छ । संस्थामा २७ करोड ४५ लाख २९ हजार १७७ रुपैंयाँ अर्थात ३१.०६ प्रतिशत तरलता रहेको छ ।

संस्थाको कूल सम्पति १ अर्व २४ करोड ६ लाख ८७ हजार २२९ रुपैंया रहेको छ । संस्थाका कुल सदस्य १४ हजार ७३० जनामध्ये १ हजार २ सय ६३ जनाले ऋण सेवा लिएका छन् ।



Leave a comment