भोली धरानमा सहकारी पिडितहरुको भेला हुँदै

भोली धरानमा सहकारी पिडितहरुको भेला हुँदै :: Sahakari Akhabar

काठमाडौं । सहकारी पिडितहरुको भोली धरानमा भेला हुनेभएको छ । असोज ६ गते बुधबार धरानको सैनिक भवनमा १० बजे बृहत भेला हुनगई रहेको जनाइएको छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका केन्द्रीय अध्यक्ष कुशल केसीले भेलालाई सम्बोधन गर्ने जनाइएको छ । धरानमा बराह सहकारीलगायतका १४८७ जना पीडित रहेको जनाइएको छ ।

भेला सहकारी बचकर्ता संरक्षण राष्ट्रिय अभियानले नेपाल भरिबाट सहकारीबाट ठगिएर पिडित भएका बचतकर्ता सेयर सदस्यहरुको बचतको संरक्षण राज्य मार्फत हुनु पर्छ भन्ने माग राखेको छ । भोली हुने कार्यक्रममा धरानका सहकारी पिडितहरुलाई एकजुट भएर बचतकर्ता शेयर सदस्यहरुको बचत रकमको संरक्षण गर्न भेलामा सहभगी हुन अभियानले अनुरोध गरेको छ ।



Leave a comment