रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्थाले चैत्र मसान्तको वित्तिय विवरण सार्वजनीक गरेको छ । संस्थाले सार्वजनीक गरेको विवरण अनुसार संस्थाको चैत्र मसान्तमा ६ करोड ७४ लाख ४८ हजार ११५ रुपैयाँ अर्थात १४.४३ प्रतिशत रहेको छ ।
त्यसैगरी संस्थाको सेयर पूँजी ४ करोड ३९ लाख १९ हजार ५ सय रुपैयाँ, कुल बचत ४६ करोड ७३ लाख ५४ हजार ६ रुपैयाँ छ । संस्थाले ३९ करोड ८९ लाख २० हजार ८१८ रुपैयाँ ऋण लगानी गरेको छ । त्यस्तै संस्थाको जगेडा कोषमा ६ करोड ९४ हजार १३४ रुपैयाँ र अन्य कोषहरुमा ६६ लाख ७६ हजार ९७६ रुपैयाँ रहेको छ ।
त्यसैगरी कुल संस्थागत पुँजी ६ करोड १२ लाख २८ हजार ९७० रुपैयाँ छ भने कुल सम्पत्ति ६१ करोड ५४ लाख ३१ हजार ३७१ रुपैयाँ रहेको छ । त्यसैगरी संस्थामा ८ हजार ७ सय ६५ जना सदस्य आवद्ध भएका छन् भने ७ सय ९८ जनाले कर्जा लिएको विवरणमा उल्लेख छ । सहकारी विभागले हरेक महिनाको वित्तीय बिवरण प्रकाशित गर्न सहकारी संघ संस्थालाई निर्देशन दिए अनुरुप संस्थाले चैत्र महिनाको वित्तीय बिवरण प्रकाशित गरेको हो ।

Leave a comment