राजविराज । आईडियल सहकारी संस्थाले चैत्र मसान्तको वित्तिय विवरण सार्वजनीक गरेको छ । संस्थाले सार्वजनीक गरेको विवरण अनुसार संस्थाको तरलता प्रशित बृद्धि भएको छ । गत वर्षको फागुन मसान्तको तुलनामा चैत्र मसान्तमा १.४३ प्रतिशतले तरलता बृद्धि भएको हो ।
फागुन महिनामा संस्थासँग १४ करोड ७३ लाख ७५ हजार २४ रुपैया १७.७६ प्रतिशत तरलता रहेकोमा चैत्र मसान्तमा आईपुग्दा १६ करोड १३ लाख ३२ हजार ९ सय ७९ रुपैयाँ १९.१० प्रतिशत पुगेको छ । संस्थाको सेयर पुँजी ११ करोड ७५ लाख ६ हजार ९ सय रुपैयाँ, साधारण जगेडा कोषमा ८ करोड ३१ लाख ५७ हजार १ सय ८३ रुपैयाँ र अन्य कोषहरुमा १ करोड ९९ लाख ४६ हजार १ सय ६ रुपैयाँ छ ।
त्यसैगरी कुल संस्थागत पुँजी ८ करोड ६८ लाख ६७ हजार ६ सय २ रुपैयाँ तथा कुल बचत ८४ करोड ४४ लाख ६० हजार ९ सय ८१ रुपैयाँ छ । संस्थाले ८३ करोड ३६ लाख ११ हजार ७ सय ३७ रुपैयाँ ऋण लगानी गरेको छ भने कुल सम्पत्ति १ अर्ब १७ करोड ९ लाख ८९ हजार ८ सय ६३ रुपैयाँ रहेको छ । त्यसैगरी संस्थामा १३ हजार ९ सय ८ जना सदस्य आवद्ध भएका छन् भने १ हजार २ सय ८७ जनाले कर्जा लिएको विवरणमा उल्लेख छ ।

Leave a comment