कोशी प्रदेशका २० सहकारी प्रोबेसन कार्यक्रममा आवद्ध

कोशी प्रदेशका २० सहकारी प्रोबेसन कार्यक्रममा आवद्ध :: Sahakari Akhabar

विराटनगर । कोशी प्रदेशका २० वटा बचत तथा ऋण सहकारी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) द्वारा सञ्चालित पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मा आबद्ध भएका छन् । 
सबैभन्दा बढी बचत तथा ऋण सहकारी रहेको कोशी प्रदेशमा पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रममा आवद्ध हुनेक्रम बढीरहेको छ ।

नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ (नेफ्स्कून) फिल्ड कार्यालय दमक झापाका कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले दिएको जानकारी अनुसार झापा जिल्लामा सञ्चालित ५ बचत तथा ऋण सहकारी संस्था स्तरीकरण कार्यक्रममा आवद्ध भएका छन् ।

स्तरीकरण कार्यक्रममा आवद्ध हुने सहकारीहरुमा द एभरेष्ट साकोस, दर्पण साकोस, गोल्डेन गेट साकोस, मेचीनगरको मेचीनगर साकोस र विर्तामोडको श्री स्वरोजगार भवानी साकोस रहेका छन् । नेफ्स्कूनले २०६९ सालदेखि सञ्चालनमा ल्याएको प्रोबेसन कार्यक्रम अन्तर्गत अनुगमन तथा सुपरिवेक्षण गरी गुणस्तर विकासका लागि निर्माण गरिएका ५० वटा सूचकहरुमा संस्थाको गुणस्तर मापन गरिन्छ ।

प्रोबेसन कार्यक्रममा मोरङका १० वटा बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध भएका छन् भने सुनसरीका ४, उदयपुरको १ र झापाका ५ वटा साकोसहरु आवद्ध भएका छन् । नेफ्स्कूनको फिल्ड कार्यालय विराटनगरका अनुसार मोरङका कञ्चङ्जंगा साकोस, समसेवन साकोस, इश्वर साकोस, सूर्यज्योति साकोस छन् ।

त्यसैगरी नारीसंकल्प साकोस, दुर्गावास साकोस, विरेन्द्रनगर साकोस, अष्टलक्ष्मि साकोस, ग्रेट नेपाल साकोस, र भुल्के साकोस आवद्ध भएका छन् भने सुनसरीका गोर्खा साकोस, रामधुनि साकोस, दुर्गा साकोस र मलंगबाबा साकोस आवद्ध भएका छन्  । त्यसैगरी उदयपुरको सहयोगि साकोस आवद्ध भएको छ । झापाका ५ वटा सहकारी केहि दिन अघि मात्र आवद्ध भएका हुन् ।



Leave a comment