सहकारी विभागको वेभसाईट डाउन 

सहकारी विभागको वेभसाईट डाउन  :: Sahakari Akhabar

काठमाडौं । संघिय सहकारी विभागको वेभसाईट डाउन भएको छ । शुक्रबार विहानैदेखि विभागको वेभसाईट सर्भर समस्या कारण डाउन भएको हो । विभागका प्रवक्ता टोलराज उपाध्यायले भने यसबारे अनभिज्ञता प्रकट गरे । ‘म अहिले बाहिर भएकाले यसबारे जानकारी भएन’ उनले भने, के भएको रहेछ इन्जिनियरसँग बुझ्छु ।’

सहकारीका ऐन, कानुन तथा अन्य सहकारीसम्बन्धी जानकारीका लागि प्रयोगकर्ताले विभागको वेभसाईट प्रयोग गर्ने गरेका छन् । तर, संघियता कार्यान्वयनसँगै भने सहकारीको अधिकार स्थानिय तहसम्म पुगेपछि विभागको वेभसाईटमा पनि अद्यावधिक तथ्यांक उपलब्ध छैन । सहकारी तथा गरिवी सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली (कोेपोमिस) मार्फत तथ्यांक एकीकृत गर्ने विभागको योजना समेत अलपत्र छ । 



Leave a comment