चन्द्रागिरि साकोसका ५८८० सदस्यको सामुहिक दुर्घटना बीमा 

चन्द्रागिरि साकोसका ५८८० सदस्यको सामुहिक दुर्घटना बीमा  :: Sahakari Akhabar

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको सामुहिक दुर्घटना बीमा गरिदिएको छ । संस्थाले सदस्यको दुर्घटना भई ज्यान गएमा संस्थाको सदस्य राहत कोषबाट आश्रित परिवारलाई क्षति सुविधा प्रदान गर्ने जनाएको छ।

यस अघि सदस्यको आश्रित परिवारलाई १ लाख सम्मको क्षति सुविधा प्रदान गर्दै आएकोमा २०७९ माघ २० गते देखि लागु हुने गरी थप १ लाखको सामुहिक दुर्घटना बिमा गरिदिएको हो । थप बिमाको सुविधा संरक्षित पूँजी फिर्ता कोषबाट न्युनतम ३७ रुपैयाँ सम्मको सुविधा प्राप्त गर्ने सदस्यहरुलाई उपलब्ध हुने जनाइएको छ।

यो व्यवस्था अनुसार उक्त बिमालेखले ५ हजार ८८० जना सदस्यहरुलाई समावेस गरेको छ । उक्त बिमालेखले सदस्यहरुको दुर्घटनाबाट हुने मृत्यु, स्थायी पूर्ण अशक्तता र स्थायी आंशिक अशक्तताको क्षति समावेश गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए । यो सेवाले सदस्यहरुले गर्ने कारोवारमा थप सक्रियता बढ्ने उनको भनाइ छ।



Leave a comment