काठमाडौं । हरेक पाँच–पाँच वर्षमा हुदै आएको राष्ट्रिय सहकारी महासम्मेलन यस वर्ष चैत २३ देखि २५ गतेसम्म काठमाडौंमा हुने भएको छ । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको संयुक्त आयोजनामा सहकारी दिवसको अवसर पारेर महासम्मेलन हुन लागेको हो । काठमाडौंको याक एण्ड यति होटलमा गर्न लागिएको सम्मेलनमा खल्ती एपमार्फत पनि रजिष्ट्रेशन गर्न सकिने महासंघकी महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले जानकारी दिइन् ।
महासम्मेलनबाट दोस्रो सहकारी महासम्मेलनले दिएका सुझावहरूको समिक्षा सहित सहकारीको बर्तमान अवस्था तथा भावि योजनाहरू उपर अर्थपूर्ण प्रस्तुती, कार्य योजना एवं कार्यपत्र प्रस्तुत, विज्ञ व्यक्तीहरूमाझ प्यानल छलफल, अन्र्तक्रियाबाट दिगो सहकारी अभियानका लागि स्वनियमन र सुशासन उपर बृहद छलफल एवं निष्कर्ष निकाल्ने र सन २०३० सम्मको नेपालको सहकारी अभियानलाई दिशा निर्देश गर्ने उद्देश्य राखिएको उनले बताइन् ।
यसअघि सन् २०१८ अप्रिल ४ -५ मा काठमाडौंमा ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’भन्ने थिमका साथ दोस्रो महासम्मेलन गरिएको थियो । दोस्रो महासम्मेलनका लागि भने सहकारी दिगोपनाका लागि स्वनियमन र सुशासन भन्ने थिम तय गरिएको छ ।
यसअघि सम्पन्न दोस्रो सहकारी महासम्मेलनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिवी न्यूनीकरणमा आफ्नो क्षेत्रको भूमिका बढाउनेलगायतका विषयहरु समेटेर १० बुँदे घोषणापत्र जारी गरेको थियो । महासम्मेलनले तय गरेको घोषापत्र अनुसार केहि कामहरु अघि बढेकोे महासंघले जनाएको छ ।
तर, कोभिड १९ माहामारी तथा क्षेत्रिय द्धन्दले गर्दा अन्य क्षेत्रहरू झै विश्व सहकारी अभियान समेत नराम्रोसंंग प्रभावित भएको, विश्वमा आर्थिक मन्दी तथा बढ्दो मूल्यवृद्धि लम्विदै गईरहेको छ । सहकारी क्षेत्रमा तरलता अभावको बर्तमान स्थिति थप जटिल हुनुभन्दा पहिले नै सहकारीको सुशासन सम्वन्धी मुद्धाहरू सुल्झाउन अति आवश्यक रहेको र त्यस विषयमा केन्द्रीत गरी छलफल गर्न महासम्मेलन आवश्यक रहेको महासंघले उल्लेख गरेको छ ।
Leave a comment