हाइलाइट

हजार बढी सहकारीलाई सेवा दिएको इन्फोडेभलपर्ससँग पुमोरी सफ्टवेयर मर्ज

हजार बढी सहकारीलाई सेवा दिएको इन्फोडेभलपर्ससँग पुमोरी सफ्टवेयर मर्ज :: Sahakari Akhabar

काठमाडौं। नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम्स प्रालिबीच रणनीतिक सहकार्य भएको छ ।

बुधबार होटल हिमालय कुपण्डोलमा आयोजित पत्रकार सम्मेलनमा सहकारी, बैंक तथा वित्तीय संस्थाहरूलाई गुणस्तरीय र भरपर्दो बैंकिङ सफ्टवेयर प्रदान गर्न रणनीतिक सहकार्य भएको घोषणा गरिएको हो ।

सहकार्यसँगै अव मर्कन्टाइलको पुमोरी (पुमोरी शाखा) सफ्टवेयर इन्फोडेभलपर्ससँग मर्ज भएको छ । मर्ज भएसँगै इन्फोडेभलपर्स एमओएस प्रालि नामक नयाँ कम्पनीबाट पुमोरी सफ्टवेयरको व्यवस्थापन तथा सेवा प्रदान हुने कम्पनीकाअध्यक्ष सञ्जिबराज भण्डारीले बताए।

रणनीतिक साझेदारी पश्चात सहकारीदेखि लघुवित्त र बैंकहरूको डिजिटल इकोसिस्टम विकासमा सहयोग गर्ने कम्पनीका अध्यक्ष भण्डारीले जनाए ।

डिजिटल जगतलाई सुहाउँदो नयाँ र भरपर्दो प्रणालीको विकास गर्ने लक्ष्य इन्फोडेभलपर्स एमओएसले राखेको जनाइएको छ । इन्फोडेभलपर्स एमओएसले दुवै कम्पनीको राम्रो पक्षलाई प्रयोग गरी चाँडै नयाँ प्रडक्ट तथा फिचरहरू ल्याउने तयारी गरेको बताइएको छ ।

नेपालको आईटी तथा बैकिङ्ग क्षेत्रका लागि नयाँ आयाम सुरू गर्न पाउँदा अत्यन्तै हर्षित भएको कम्पनीका सीइओ उमेश रघुवंशीले बताए । परिवर्तन चुनौतीपूर्ण भएपनि ग्राहक तथा साझेदारहरूलाई सहज बनाउने कम्पनीले प्रतिवद्धता जनाएको छ।

सन् २००२ मा स्थापना गरिएको इन्फोडेभलपर्स प्रालि सहकारी र लघुवित्तका लागि कोर बैकिङ्ग सोलुसन विकास गर्ने अग्रगामी फिनटेक कम्पनी हो ।

नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी तथा लघुवित्तका लागि विभिन्न परियोजना, प्रडक्ट र सेवा दिन ३०० बढी कर्मचारिहरुले काम गरिरहेको जनाए ।

मर्कन्टाइल अफिस सिस्टम्स प्रालि नेपालको एक पुरानो तथा अग्रगामी आइटी कम्पनी हो । संस्थाले विकास गरेको फ्ल्यागशीप कोर बैकिङ्ग सोल्युसन पुमोरी नेपालको शीर्ष स्थानको बैकिङ्ग सफ्टवेयर हो। यसले नेपाली बैकिङ्ग क्षेत्र, अन्तर्राष्ट्रिय बैकिङ्ग संस्था तथा वित्तिय संस्थाहरुलाई विगत ३२ वर्ष देखि सेवा पुर्याउँदै आएको छ।



Leave a comment