हाइलाइट

मिलिजुली कालिञ्चोक साकोसको काठमाडौ इकाइको साधारण सभाको मिति परिवर्तन

मिलिजुली कालिञ्चोक साकोसको काठमाडौ इकाइको साधारण सभाको मिति परिवर्तन :: Sahakari Akhabar

काठमाडौं । दोलखाको चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको ३३ औं बार्षिक साधारण सभा अन्तर्गत काठमाडौं इकाइको सभाको मिति परिवर्तन भएको छ ।

संस्थाले सूचना प्रकाशन गरी संस्थाको बार्षिक साधारण सभा अन्तर्गत काठमाडौं इकाइको सभा यही असोज १७ गते हुने जनाएको हो । संस्थाको काठमाडौं इकाइको साधारण सभा असोज १० तोकिएकोमा मिति परिवर्तन भएको जनाएको छ ।

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षाभई बाढी पहिरोको उच्च जोखिम बढ्न सक्ने भएकोले विशेष सतर्कता अपनाउन आग्रह गरेकोले संस्थाले साधारण सभा कार्यक्रमको मिति परिवर्तन गरेको जनाएको छ ।



Leave a comment