हाइलाइट

स्वतन्त्र भूतपूर्व सैनिक साकोसको १६औँ वार्षिक साधारणसभा सम्पन्न

स्वतन्त्र भूतपूर्व सैनिक साकोसको १६औँ वार्षिक साधारणसभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । गैँडाकोट नवलपुरमा रहेको स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष वेदबन्धु रेग्मीको अध्यक्षतामा सम्पन्न सभामा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

“अब पेन्सन हाम्रो सहकारीबाट” भन्ने नाराका साथ आयोजित सभामा संस्थाका शेयर सदस्य, भूतपूर्व सैनिक तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।

साधारणसभाले साढे १२ प्रतिशत शेयर लाभांश, आर्थिक वर्ष २०८३ / ०८४ को बजेट तथा आगामी योजना पारित गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवलाल तिवारीले जानकारी दिए ।

उनले साधारणसभाले संस्थाको वित्तीय अवस्था, सदस्य सेवा विस्तार तथा आगामी कार्ययोजनासम्बन्धी विभिन्न प्रस्तावमाथि छलफल गरी पारित गरेको जनाए ।

सोही अवसरमा भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको १९औँ वार्षिक साधारणसभा तथा भूतपूर्व सैनिक जनकल्याणकारी महिला समूहको १७औँ वार्षिक साधारणसभा समेत सम्पन्न भएको थियो ।



Leave a comment