काठमाडौं । काभ्रेको बनेपामा रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको ३३ औं बार्षिक साधारण सभा स्थगित भएको छ । संस्थाले सूचना प्रकाशन गरी संस्थाको बार्षिक साधारण सभा स्थगित भएको जनाएको हो ।
संस्थाले नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षा भई बाढी पहिरोको उच्च जोखिम बढ्न सक्ने भएकोले विशेष सतर्कता अपनाउन आग्रह गरेको र स्थानीय प्रशासनले समेत अत्यावश्यक कार्यमा बाहेक हिडडुल नगरी सुरक्षित बस्न सूचित गरेकोले संस्थाले साधारण सभा कार्यक्रम स्थगित गरेको जनाएको छ।
संस्थाको असोज ९ गते देखि ११ गतेसम्मका लागि तोकिएका साधारण सभाका कार्यक्रम समेत वर्षाले प्रभावित हुनसक्ने भन्दै आम शेयर सदस्य महानुभावहरुबाट अहिलेको प्रतिकुल समयमा साधारण सभा स्थगन गर्न सुझाव प्राप्त भई आएको र हाल पनि निरन्तर वर्षा भइरहेकोले यातायात साधनको सञ्चालनमा असहजताले गर्दा शेयर सदस्यहरुको आवतजावतमा समस्या पर्ने देखिएकोले अर्को सूचना जारी नभएसम्मका लागि पूर्व निर्धारित साधारण सभाका सम्पूर्ण कार्यक्रम स्थगन गरिएको जनाएको छ ।
संस्थाले मौसममा आएको प्रतिकूल परिस्थितिको जोखिम शुन्य हुनेगरी आफ्नो गतिविधि सञ्चालन गरी सुरक्षित रहन हार्दिक अनुरोध गर्दै मौसम अनुकूल हुनासाथ यथासिघ्र साधारण सभाको नयाँ मिति तयगरी सूचित गरिने जनाएको छ ।
Leave a comment