काठमाडौं । नवलपरासीको मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा अन्तर्गत इकाई सभा सुरु भएको छ । संस्थाको इकाई सभा अन्तर्गत असोज ९ गते परोपकार सेवाकेन्द्र, दिव्यपुरी सेवाकेन्द्र, शुभकामना सेवाकेन्द्र, देवचुली सेवाकेन्द्र, रजहर सेवाकेन्द्र, फारम सेवाकेन्द्र र दिब्यलक्ष्मी सेवाकेन्द्रको सभा सम्पनन भएको हो ।
इकाई साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष तुलमणि पौडेलले गरेका थिएभने कार्यक्रमको सहजीकरण सचिब डिलाराम पाण्डेले गरेका थिए । साधारण सभाको उद्घाटन ज्येष्ठ शेयर सदस्य केशवराज अर्याल तथा अध्यक्ष तुलमणि पौडेलद्वारा संयुक्त रूपमा गरिएको थियो । सभामा उपाध्यक्ष प्रेमा कुमारी खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाको वार्षिक प्रगति प्रतिवेदन संचालक समितिको तर्फबाट अध्यक्ष पौडेलले प्रस्तुत गरेका थिए । साथै, सचिव पाण्डेले एक वर्षभित्र संस्थाले गरेका निर्णय, कार्यक्रम तथा गतिविधिहरू समेटिएको समग्र प्रतिवेदन, कोषाध्यक्ष जगन्नाथ अर्यालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वित्तीय अवस्था, पारदर्शिता र अनुशासनबारे जानकारी गराए ।
यसैगरी लेखा सुपरिवेक्षण समितिका संयोजक सुरेन्द्र रिजालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, संस्थाका प्रमुख कार्यकारी अधिकृत नरभुपाल भुसालले प्रस्तुत गरेको साधारण सभाका अन्य प्रस्तावहरू समेत सभाले निर्णयार्थ पारितगरी निर्णय प्रमाणीकरण सभाका लागि पठाउने निर्णय गरेको छ । यस इकाई साधारण सभाबाट निर्णय प्रमाणीकरण सभाका लागि ३९ जना प्रतिनिधि छनोट गरिएको जनाइएको छ ।
साधारण सभामा संस्थाले पारदर्शी टोकन प्रणाली मार्फत गरिएको गोलाप्रथामा सदस्य नेत्रकला भुर्तेल न्यौपानेले एकथान इलेक्ट्रिक जग, सदस्य लक्ष्मी लामिछानेले एकथान भित्ते घडी, सदस्य सन्तुमाया कुमालले एकथान भित्ते घडी, सदस्य शारदा देवकोटाले एकथान इलेक्ट्रिक जग, सदस्य पम्फा कुमालले एकथान इलेक्ट्रिक जग प्राप्त गरेकी थिइन ।
त्यसैगरी सदस्य बिष्णु माया पौडेलले एकथान प्रेसर कुकर, सदस्य कृष्ण कुमारी सुवेदी सपकोटाले एकथान प्रेसर कुकर, सदस्य दीक्षा रेग्मीले एकथान प्रेसर कुकर, सदस्य तारादेबी पाण्डे भण्डारीले एकथान भित्ते घडी प्राप्त गरिन । सदस्य सीता बस्यालले एकथान भित्ते घडी, सदस्य मैजमिन मियाले एकथान इलेक्ट्रिक जग, सदस्य बिष्णु प्रसाद पाण्डेले एकथान भित्ते घडी, सदस्य लक्ष्मी श्रेष्ठले एकथान प्रेसर कुकर र सदस्य जीवन अर्याल घिमिरेले एकथान भित्ते घडी प्राप्त गरेका थिए ।
कार्यक्रममा सल्लाहकार कृष्ण प्रसाद शर्मा, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिब नारायण प्रसाद पौडेल, परोपकार सेवाकेन्द्र ब्यवस्थापन उपसमिती संयोजक क्या. शेरबहादुर केसी, दिव्यपुरी सेवाकेन्द्र ब्यवस्थापन उपसमितिका संयोजक अनिल बस्ताकोटी र रजहर सेवाकेन्द्र ब्यवस्थापन उपसमिति संयोजक धनेश्वरी कोइरालाले शुभकामना मन्तब्य राखेका थिए ।
Leave a comment