काठमाडौं । पूर्व श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्री कृष्णबहादुर श्रेष्ठ (किसान) ले आफूलाई सामाजीक कार्य गर्न सहकारीले सिकाएको बताएका छन् । उनले आफू ब्यापारी मन भएको मानिसलाई सामाजीक कर्म गर्न सहकारीबाट प्रेरणा मिलेको बताएका हुन् ।
बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २५औं बार्षिक साधारण सभाको अवसरमा पूव मन्त्री किसानले सहकारीले बचत तथा ऋणको मात्र करोबारमा सिमित नभएर सदस्यको उत्पादनलाई बजारसम्म पुर्याउने काम गर्नु पर्ने बताए । उनले सहकारीले सदस्यलाई उत्पादन तथा रोजगारमूलक कार्यमा लगाउने काम गर्नुपर्ने बताएका छन् । सदस्यलाई आत्मनिर्भर बनाउने तर्फ सहकारी लाग्नुपर्ने पूव मन्त्री श्रेष्ठको भनाई थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष भानुभक्त ढकालले बार्षिक प्रतिवेदनको सारंश तथा संस्थाका सचिव एवंम् प्रवन्ध निर्देशक सीताराम काफ्लेले संस्थाको समग्र बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७८ / ०७९ मा ७ करोड ३७ लाख १० हजार ८ सय रुपैँया पुर्याएको छ ।
त्यसैगरी १ अर्व २८ करोड २९ लाख ३६ हजार १४४ रुपैँया बचत संकलन गरी १ अर्व ५४ करोड १७ लाख ९७ हजार २८६ रुपैँया ऋण लगानी रहेको छ । संस्थाको बुढानिलकण्ठ, दक्षिणकालि, साँखु, शेषमती र टोखामा सेवाकेन्द्र रहेको जनाइएको छ।
संस्थाले ३९५ वटा केन्द्रमार्फत ७ हजार ९५ जना महिला सदस्यलाई लघुवित्त कार्यक्रममा आवद्ध गराएको जनाएको छ । त्यसैगरी संस्थाले टोखा, पञ्चेटार र फर्पिङमा कृषि श्रोतकेन्द्र संचालन गरेको जनाएको छ । साधारण सभाको अवसरमा संस्थाका सदस्य तथा कर्मचारीलाइ सम्मान गरिएको छ ।
सम्मानीत हुनेहरुमा उकृष्ट निक्षेपकर्तामा तुलसा काफ्ले पौडेल, उत्कृष्ट कर्जा कारोबारमा सुरेन्द्र श्रेष्ठ त्यसैगरी जेष्ठ सदस्य शुभद्रा थापा, सस्थापक सदस्य समर ढकाल र उत्कृष्ट कर्मचारीमा शिवहरी कोइराला सम्मानीत भएका छन् ।
उत्कृष्ट सेवाकेन्द्रमा मुख्य शाखा तथा उत्कृष्ट कर्मचारी वर्षमा सुरेन्द्र मालिले पुरस्कार प्राप्त गरेका छन् । संस्थाले २५ औं बार्षिक उत्सवको अवसरमा विभिन्न सामाजीक कार्य गरेको संस्थाले अवको ५ वर्षमा बहुउद्देश्यीय कृषि परियोजना संचालन गर्ने जनाएको छ । कार्यक्रममा संस्थाकी उपाध्यक्ष इन्दीरा पन्त, मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरततप्रसाद ढकाललगायतले शुभकामना मन्तब्य राखेका थिए ।
Leave a comment