ललितपुर । राष्ट्रिय सहकारी बैंकले सदस्य संघ संस्थालाई १५ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको १९औं वार्षिक साधारण सभा भएसंगै सोमबार गत आर्थिक वर्षको लाभांश सहकारी संघ संस्थाको खातामा पठाएको हो ।
बैंकले विज्ञप्ती जारी गरी आर्थिक वर्ष २०७८ / ०७९ को कारोबारबाट १५ हजार ४ सय ७४ सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत दिएको जनाएको छ । बैंकको १९ औं बार्षिक साधारण सभाले सदस्यलाई लाभाशं दिने निर्णय पारित गरेको जनाएको छ । एकाइ प्रतिनिधिहरुको साधारण सभा सोमबार सम्पन्न भएसँगै देशभरका सहकारीहरुको खातामालाभाशंको रकम पठाइएको हो ।
बैंकले गत आर्थिक वर्ष ०७८ / ०७९ मा ४३ करोड ४५ लाख ५७ हजार ७४८ रुपैया लाभांश वितरण गरेको छ, । सहकारी बैंकले विगत ५ वर्षदेखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । बैंकले वितरण गरेको यो लाभांशमा संरक्षित पूंजी फिर्ता कोषबाट प्राप्त गर्ने रकम समावस नगरीएको बैंकले जनाएको छ । बैंकले छिट्टै नै सदस्यहरुलाई संरक्षित पूंजी फिर्ताकोषको रकम पनि सदस्यको खातामा पठाउने तयारी गरेको जनाएको छ ।
Leave a comment