हाइलाइट

कारोबारको अनुपात मिलाउन सहकारी मन्त्रालयको निर्देशन

कारोबारको अनुपात मिलाउन सहकारी मन्त्रालयको निर्देशन :: Sahakari Akhabar

काठमाडौं । सहकारी संस्थाहरुले उद्देश्य अनुसारको कारोबारको अनुपात मिलाउन बागमती प्रदेश सहकारी मन्त्रालयले निर्देशन जारी गरेको छ । मन्त्रालयले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संघ संस्थाहरुले बाहेक अन्य सहकारी संघ संस्थाहरुले पनि उद्देश्य अनुरुप कारोबारको अनुपाल मिलाउन निर्देशन जारी गरेको हो।

मन्त्रालयले निर्देशन जारी गर्दै केही अन्य सहकारी संघ संस्थाले बचत ऋणको मुख्य कारोबार गरेको पाइएकोले प्रचलित कानुन बमोजिम कारोबारको अनुपात मिलाउन भनेको छ । त्यसैगरी निर्देशनमा केही सहकारी संघ संस्थाहरुले आफूखुसी कार्यालय बन्द गरि सदस्यलाई सेवा लिने अधिकारबाट बञ्चित बनाएकोले सार्वजनिक बिदा बाहेकका दिनमा सहकारीका कार्यालय बन्द नगर्न भनेको छ । त्यसैगरी सवै सहकारी संघ संस्थाले समयमानै साधारण सभा गरेरमात्र कारोबार गर्न निर्देशन दिएको छ।



Leave a comment