ललितपुर । सहकारी अभियानको टोलिले नव नियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री बिष्णु पौडेलसँग भेट गरी अभियानको तर्फबाट बधाई एवम् शुभकामना दिएका छन् । भेटमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गरी सहकारी क्षेत्रको विकास र बिस्तारका लागि आफ्नो तर्फबाट बिगतमा भन्दा राम्रो कार्य गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
अर्थतन्त्र विगत केहि समयदेखी संकटग्रस्त अवस्थामा गुज्रिएको बेला देशले बुद्धिजीवी, सक्षम, कुशल र सफल अर्थमन्त्रीलाई फेरी पाएको अवस्थामा सहकारीकर्मीहरु उत्साहीत भएको भन्दै बधाई एवम् सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।
भेटमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती, बैंकका सञ्चालक ज्ञान बहादुर तामाङ्ग, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौडेल, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं लगायतको सहभागिता रहेको थियो ।
Leave a comment