काठमाडौ। आईएमई कोअपरेटिभ सर्भिसले सदस्यहरुलाई संरक्षित पूँजी फिर्ताकोषको रकम बितरण गर्ने भएको छ । संस्थाले पौष ११ गतेदेखि १८ गतेसम्म मुख्य कार्यालयसहित १३ वटै सेवा केन्द्रबाट वचत कारोबार गर्ने सदस्यलाई र पौष २४ गते देखि २९ गतेसम्म ऋण कारोबार गर्ने सदस्यहरुलाई संरक्षीत पूँजी फिर्ता कोषमा जम्मा भएको रकम बितरण गर्ने जनाएको छ।
संरक्षित पूँजी फिर्ताकोष सदस्यले गरेको बचत तथा ऋण कारोबारको आधारमा सदस्यलाई नै फिर्ता गर्न सहकारी संस्थामा रहने कोष हो । सदस्यले संस्थामा वर्षभरि गरेको योगदानको आधारमा उक्त कोषबाट रकम बितरण गरिन्छ।
सहकारी संस्थाले वर्ष भरि गरेको मुनाफाबाट उक्त कोषमा रकम छुट्याई सदस्यलाई बचत कारोबारमा ४० प्रतिशत र ऋण कारोबारमा पुर्याएको योगदानमा ६० प्रतिशत फिर्ता गरिन्छ । सहकारी ऐनले गरेको ब्यवस्थाको पालना गर्दै संस्थाले उक्त कोषबाट सदस्यलाई रकम बितरण गर्न लागिएको जनाएको छ।
सहकारी क्षेत्रमा उत्कृष्ट, सवल र सक्षम बनाउन सहकारीका मूल्य मान्यता र शिद्धान्तमा रहि संचालन भएको र आगामी दिनमा पनि सोही अनुसार सदस्यलाई सेवा प्रवाह गर्न संस्थाले संरक्षित पूँजी फिर्ताकोषको रकम सदस्यलाई बितरण गर्न लागिएको जनाएको छ ।
काठमाडौं महानगरपालिका वडा नं १ कान्तिपथमा रहेको आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएको संस्थाले सेवा पारदर्शी, प्रभावकारी र गुणस्तरिय सेवा दिन स्तरिय सफ्टवेयरबाट सेवा दिइरहेको जनाइएको छ । संस्थाले वित्तिय कारोबारका साथै ई बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएमका साथै आइएमई पे वालेट सेवाहरु प्रदान गर्दै आएको छ ।
संस्थाले बैदेशिक रोजगारमा रहेका आफ्ना परिवारका सदस्यहरुले आफन्तलाई सहर बजार वा ग्रामिण क्षेत्रमा सहजरुपमा रकम पठाउन सकुन भन्ने उद्देश्यले आइएमई, जिएमईको सुपर एजेण्ट लिई करिब ४ हजार सहकारीलाई सव एजेण्ट दिई संस्थासँग आवद्ध गरेको जनाइएको छ ।
Leave a comment