झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २६ औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गर्दै एक खर्वको वासलात बनाउने लक्ष्य लिएको छ ।
संस्थाले ९ गते शनिवार हुने अन्तिम निर्णय पुस्तिका प्रमाणित भेलाको पूर्व सन्ध्यामा शुक्रवार प्रतिवेदन सार्वजनिक गरेको हो । संस्थाले प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इटहरीको निर्देशन अनुसार ९६ स्थानमा एकाई साधारणसभा सम्पन्न गरिसकेको छ ।
संस्थाले नीति तथा कार्यक्रमहरुलाई एकाई साधारण सभामा सदस्यहरु माझ छलफल तथा सुझाव संकलनपछि प्रतिवेदनलाई अन्तिम रुप दिने कार्य सम्पन्न गरी सार्वजनिक गरेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए ।
संस्थाको वित्तीय अवस्थालाई अझ मजबुत बनाउने सोचका साथ मिसन ०८८ सम्मको रणनितिक योजना निर्माण गर्दै एक खर्वको वासलात बनाउने लक्ष्य लिएको जनाइएको छ । हाल ७९ वटा सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको संस्थामा १ लाख ५९ हजार ७७८ जना शेयर सदस्य रहेको जनाएको छ ।
संस्थाको शेयर पूँजी १ अर्व ६३ करोड १६ लाख, जगेडा कोष १ अर्व ११ करोड ११ लाख, अन्य कोष ४४ करोड ७१ लाख, बचत १ अर्ब २५ करोड ३६ लाख लगानीमा रहिरहेको ऋण १ अर्व, भौतिक सम्पत्ती ४१ करोड १६ लाख र बाह्य ऋण १ अर्व ७२ करोड रहेको छ ।
आर्थिक बर्ष २०७८÷०७९ असार मसान्त सम्मको संस्थाको वासलात १५ अर्व ३८ करोड पुगेको छ । संस्थाले यसवर्ष ४९ करोड ७७ लाख खुद नाफा गरेको जनाइएको छ । सदस्यलाई लाभास र संरक्षित पुँजी फिर्ता कोषवाट ३० करोड १५ लाख बितरण गरिने भएको छ।
यसवर्ष संस्थाले विगतका सदस्य केन्द्रीय कार्यलाई निरन्तरता दिदै केही नयाँ थप कार्यक्रमहरु विश्वस्तरमा सञ्जाल निर्माण गर्ने भएको छ। संस्थाले जस अन्तरगत रोजगार शाखा स्थापना गरी रोजगारी सिर्जनामा पहल, सामाजिक व्यावसाय सञ्चालन र अति विपन्न गरीबलाई माथि उकास्न पहल गर्ने जस्ता कार्यक्रम प्रस्ताव गरेको छ।
आन्तरिक व्यवस्थापन र गुणस्तरीय सेवालाई मजबूत बनाउँदै संस्थाले प्रविधीमैत्री एटिएम ट्याबलेट, मोबाइल एप्स, क्यूआर कोड र एसएमएस। बैंकिङ सेवा संचालनमा ल्याएको छ।
Leave a comment