काठमाडौं । राष्ट्रिय सहकारी बैंकको संचालक समिति र लेखा समितिमा उम्मेदवारी दर्ता गरेका तीन जनाको उम्मेदवारी खारेज भएको छ । बैंकको निर्वाचन कार्यविधि अनुसार शैक्षिक योग्यता र अनुभव नपुगेको भन्दै लेखा संयोजक राजु पुरी, खुल्ला संचालक सदस्य विमला शाह र युगेश पौडेलको उम्मेदवारी खारेज भएको निर्वाचन समितिले जनाएको छ ।
कार्यविधिले संचालकका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र गणितशास्त्र, व्यापार प्रशासन वा कानून विषयमा स्नात्तक उपाधि हासिल गरेको वाकक्षा १२ सम्मउत्र्तीण गरेको र विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको संचालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्त्तरमा कम्तीमा दुई वर्ष काम गरेकोवा विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको संचालक वा पदाधिकारी तहमा सरकारको अधिकृत स्तरमा तीन वर्ष काम गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
लेखा संयोजक पुरीको उम्मेदवारी खारेज भएपछि अर्का उम्मेदवार लक्ष्मीप्रसाद उप्रेती निर्विरोध भएका छन् । यसअघि अध्यक्ष, गण्डकी प्रदेश सदस्य, र मधेश प्रदेश सदस्यमा १÷१ जनाको मात्र उमेदवारी परेपनि सर्वसम्मत भइसकेका छन् ।
निर्वाचन उपसमितिले उमेदवारी दर्ताका लागि दिएको पुस ६ गते दिउसो १ वजेसम्मको समयमा अध्यक्षमा केबी उप्रेती तथा गण्डकी प्रदेशका तर्फबाट सञ्चालकमा राम बहादुर जिसी र मधेश प्रदेश तर्फबाट सञ्चालकमा विश्वनाथ मण्डलको मात्रै उमेदवारी परेकोले उनीहरु पनि निर्विरोध भएका छन् ।
प्रदेश नं. १ मा २ जना, बागमती प्रदेशमा ५ जना र कर्णाली प्रदेशमा ३ जनाको उमेदवारी परेको छ । लुम्बिनी र सुदुरपञ्चिम प्रदेश महिलाका लागि छुट्टयाइएको छ, २ पदका लागि ४ जनाको उमेदवारी परेको छ । बैंकको खुल्ला सदस्यमध्ये ४ पदका लागि ३३ जनाको र महिला खुल्ला ३ पदका लागि ७ जनाको उमेदवारी परेको निर्वाचन उपसमितिले जनाएको छ ।
लेखा समितिसुपरीवेक्षण समितिको संयोजकमा २ जना, सदस्यमा ५ जना र महिला सदस्यमा ३ जनाको उमेदवारी परेको छ ।निर्वाचन उपसमितिले पुस ७ गते ५ बजेसम्म फिर्ता लिन चाहनेहरुका लागि समय दिएको छ ।
बैंकको १९ औं वार्षिक साधारणसभा पुस १६ गते हुदैछ । सात वटै प्रदेशमा हुन लागेको वार्षिक साधारणसभामार्फत नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन गर्ने कार्यक्रम अन्तरगत पुस ६ गतेका लागि उमेदवारी दर्ताको समय तोकिएको थियो ।
Leave a comment