काठमाडौं । सहकारी संस्थाहरुमा सदस्यहरुको संख्या घटेसँगै बचत संकलन र ऋण लगानी पनि प्रभावित हुन थालेको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा वागमती प्रदेशभित्र सहकारीका सदस्यको संख्या घटेपछि वचत संकलन र ऋण लगानीको वृद्धिदर घटेको पाइएको छ ।
अध्ययन प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सहकारीमा सदस्यहरुको संख्या १२.५४ प्रतिशतले घटेको छ । अघिल्लो अध्ययनमा भने सहकारीमा सदस्यहरु ६ प्रतिशतले वृद्धि भएको थियो ।
पछिल्लो समय सहकारीमा अनियमितताका घटनाहरु सार्वजनिक भएसँगै सदस्यहरुको संख्या घटेको हो । जसको कारण कारोबार विस्तार पनि प्रभावित भएको छ । बचत बृद्धिदर घटेपनि कर्जाको विस्तार भने उच्च देखिएको छ ।
सहकारी संस्थाहरूमा कुल बचत २०७८ असार मसान्तको तुलनामा ४.६७ प्रतिशत र कुल कर्जा २०.५४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष सहकारीमा बचत १८.८२ प्रतिशतले र कर्जा प्रवाह भने ६.६२ प्रतिशतले बृद्धि भएको थियो । राष्ट्र बैंकले प्रदेशका १० वटा बचत तथा ऋण सहकारी संस्थाहरुको नमुना छनोट गरेर अध्ययन गरेको थियो । अध्ययनमा अघिल्ला आवहरुमा बढेको कर्मचारीको संख्या पनि घटेको छ ।
Leave a comment