हाइलाइट

कुमारी कोअपरेटिभको लगानी सुरक्षित छ : अध्यक्ष न्यौपाने

कुमारी कोअपरेटिभको लगानी सुरक्षित छ : अध्यक्ष न्यौपाने :: Sahakari Akhabar

काठमाडौं । कुमारी सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले सदस्यलाई गरेको ऋण लगानी सुरक्षित रहेको जनाएको छ । संस्थाले धितोमा मात्र लगानी गरेकोले लगानी सुरक्षित रहेको संस्थाका अध्यक्ष सूर्यध्वज न्यौपानेले बताएका छन् ।

उनले संस्थाको वित्तिय अवस्था पनि संतोषजनक रहेको बताएका छन् । संस्थाको पछिल्लो वित्तिय विवरण अनुसार जगेडा कोषमा ५ करोड ९ लाख, ५४ हजार तथा तरलता ३ करोड ४१ लाख ४७ हजार रहेको जनाइएको छ।

त्यसैगरी संस्थाको कात्तिक मसान्तसम्मको अपरिस्कृत वित्तिय विवरण अनुसार १ अर्व ३० करोड २ लाख ८४ हजार बचत तथा १ अर्व २८ करोड ९५ लाख ऋण लगानी रहेको जनाइएको छ । त्यसैगरी संस्थाको ८ करोड २१ लाख ४७ हजार सेयर पूँजी रहेको जनाइएको छ । 

१ अर्व ५८ करोड ९९ लाख ६४ हजार कुल सम्पती रहेको संस्थामा ८ हजार ४ सय ७५ जना सदस्य रहेको र ६ सय ७९ जनाले ऋण लिएको अध्यक्ष न्यौपानेको भनाइ छ । त्यसैगरी संस्थाको अन्य कोषमा ५ करोड ९० लाख ५४ हजार रहेको जनाइएको छ।

२०५७ सालमा स्थापना भएको संस्थाले सदस्यहरुलाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउँदै सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा उच्च टेवा पुर्याउँदै आएको अध्यक्ष न्यौपानेको भनाइ छ ।

संस्थाले समाज प्रतिको उत्तरदायित्व समेत निर्वाह गर्दै सहकारी ऐन, नियमावली, संस्थाको स्वीकृत विनियम तथा विनियमावलीहरुको अधीनमा रही सदस्यहरुको अधिकतम हित गर्ने उद्धेश्यले काम गरिरहेको अध्यक्ष न्यौपाने बताउँछन् ।

संस्थाले २०६९ असोज ४ गते देखि चाबहिलमा रहेको संस्थाको आफ्नै भवनबाट वित्तीय कारोबारका साथै रेमिटेन्स, एटिएम, मोबाइल बैंकिङ, एस एम एस बैंकिङलगायतको सेवा प्रदान गरिरहेको अध्यक्ष सूर्यध्वज न्यौपानेले बताए ।

संस्थाले विषम परिस्थिीतिमा समेत आफ्ना सदस्यहरुलाई नियमित रुपमा कार्यालय संचालन गरी सेवा प्रदान गरेको, सदस्यको जन्मदेखि मृत्युसम्मको अवस्थामा सदस्यको घरघरमा गएर सेवा प्रदान गरेको बताए ।

उनले सदस्यलाई लगानी गर्दा पनि सहकारी कानुनको प्रावधानमा रहेर सदस्यको आवश्यकताको आधारमा लगानी गर्ने गरेको बताए । सदस्यको आवश्यकतालाई पहिलो प्राथमिकता दिएको उनको भनाइ छ।

संस्थाका संचालकले प्रदेश सहकारी कानुन अनुसार कारोबार गरेको र सदस्य तथा सहकारी कानुन विपरित संस्था नगएको उनले बताए ।

संस्था सहकारी क्षेत्रमा उत्कृष्ट, सवल र सक्षम बनाउन सहकारीका मूल्य मान्यता र शिद्धान्तमा संचालन भएको र आगामी दिनमा पनि सोही अनुसार सदस्यलाई सेवा प्रवाह गर्ने जनाएको छ।

पारदर्शी र प्रभावकारी तथा गुणस्तरिय सेवा दिने उद्देश्यले स्तरिय सफ्टवेयरबाट सेवा दिइरहेको जनाइएको छ । संस्थाको कारोबारलाई चुस्त, दुरुस्त, पारदर्शी, मितव्ययी बनाउन संचालक समिति हरदम सकृय रहेको उनको भनाइ छ।

कर्जा प्रवाहमा कर्जा उपसमिति, सञ्चालक समिति पूर्ण उत्तरदायी रहेको र संस्थाबाट विनाधितो कर्जा प्रवाह नहुने र प्राविधिकबाट धितो मुल्याङ्कन भए पश्चात मात्र कर्जा प्रवाह हुँदै आएको जनाएको छ ।

संस्थाको मुख्य कार्यालय रहेको आफ्नै भवन चाबहिलको कुमारी भवन तथा सेवा केन्द्र कालीमाटी, ठमेल, साँखु र बालाजुबाट सदस्यहरुले बचत भुक्तानी, बचत जम्मा, रेमिटेन्स लगाएत एटिएम सेवा लिन सक्ने संस्थाका अध्यक्ष न्यौपानेले जानकारी दिए।



Leave a comment