हाइलाइट

सहकारी बैंकको वार्षिक प्रतिवेदन प्रकाशित,क्युआर कोड स्क्यान गरि पढ्न सकिने

सहकारी बैंकको वार्षिक प्रतिवेदन प्रकाशित,क्युआर कोड स्क्यान गरि पढ्न सकिने :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी बैंकले बार्षिक प्रतिवेदन सार्वजनीक गरेको छ । बैंकले आर्थिक वर्ष ०७८ / ०७९ को प्रस्तावित वार्षिक प्रतिवेदन प्रकाशित गरेको हो । बैंकले बुधवार आफ्नो वेबसाइट मार्फत प्रतिवेदनको डिजिटल प्रति प्रकाशित गरेको जनाउको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाइका अनुसार वित्तीय प्रतिवेदन नेपाल वित्त प्रतिवेदनमान अनुसार तयार गरी प्रकाशित गरिएको छ।

प्रतिवेदनमा साधारणसभामा उपस्थितिको लागि पठाइएको पत्र, १९औं साधारणसभाको कार्यसूची, सञ्चालक समिति तथा लेखासुपरिवेक्षण समितिको निर्वाचनसम्बन्धी सूचना प्रकाशित गरिएको छ।

त्यसैगरी आर्थिक वर्ष २०७८ / ०७९ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७९ / ०८० को प्रस्तावित नीति तथा कार्यक्रम एवम् आर्थिक वर्ष २०७९ / ०८० को प्रस्तावित अनुमानित बजेट, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र आर्थिक वर्ष २०७८ / ०७९ को लेखापरिक्षण प्रतिवेदन समावेस छन् ।

प्रतिवेदन बैंकको वेबसाइट https://ncbl.coop/html/ का साथै क्युआर कोड स्क्यान गरि डाउनलोड गरेर अध्ययन गर्न सकिने जनाइएको छ  । बैंकको प्रतिवेदन पुस्तिका साधारणसभा स्थलमा उपलब्ध गराउने बैंकले जनाएको छ।

बैंकको १९ औं बार्षिक साधारण सभा आगामी पुस १६ गते सात ओटै प्रदेशमा सहकारी संघ / संस्थाका प्रतिनिधिहरूको भौतिक उपस्थितिमा एकै दिन सम्बन्धित प्रदेशहरूको केन्द्रमा हुने छ।

त्यसैगरी साधारणसभाको एकाइ बैठकका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने सभा केन्द्रीय सभा भने पौष १८ गते काठमाडौंमा हुँदै छ ।

सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन सहितको हुने साधारणभामा २०७९ मङ्सिर ८ गते सम्म सदस्यता लिएका १५ हजार ७ सय २६ सदस्य सहकारी संघ / संस्थाहरुले मात्र सहभागिता जनाउन पाउने छन् ।

साधारणसभामा सदस्य संघ / संस्थाहरुको अधिकतम सहभागिताको अपेक्षा गर्दै साधारण सभामा उपस्थित प्रतिनिधिहरूले दिने सल्लाह / सुझाव बैंकको वार्षिक गतिविधि तथा कार्यसम्पादनमा मार्ग दर्शनको रूपमा रहने भएकोले प्रदेश अन्तर्गतका एकाइ बैठकहरूमा सक्रिय उपस्थित भई सल्लाह / सुझाव सहित साधारण सभालाई पूर्ण सफल बनाउनको लागि सम्बन्धित सहकारी संघ / संस्था तथा सरोकारवाला निकायहरूलाई समेत बैंकले अनुरोध गरेको छ ।



Leave a comment