हाइलाइट

'सहकारी संस्थालाई जोगाउन सदस्य सचेत हुनुपर्छ' 

'सहकारी संस्थालाई जोगाउन सदस्य सचेत हुनुपर्छ'  :: Sahakari Akhabar

बागलुङ । तरलता अभावले समस्या बढिरहेका बेला सहकारी संस्था जोगाउन सदस्यहरु सचेत हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । स्याङ्जाको बिरुवा गाउँपालिकामा सञ्चालित सामुदायिक वचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभामा बाेल्ने बक्ताहरूले सहकारी जाेगाउन संचालकसँगै सदस्यहरू पिन सचेत हुनुपर्नेमा जाेड  दिएका हुन् । 

साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जि.सी.ले सहकारी अभियानलाई बलियो बनाउनका लागि सहकारीका सदस्यहरु सचेत हुनु पर्ने बताए । सहकारीको मुख्य काम सदस्यको आर्थिक सामाजिक रुपान्तरण हो, सहकारीले सदस्यको हित अनुकुलका कामलाई प्राथमिकतामा राखेर काम गर्नु पर्छ, जिसीले भने, ‘सहकारीहरु सदस्यको चाहना र आवश्यकता पहिचान गरेर अगाडि बढ्ने हो भने सहकारीमा समस्या आउदैन ।’  

सहकारीमा समस्या आउनुमा सहकारीका सञ्चालक र कर्मचारीको भूमिकासंगै सदस्यहरुको सक्रियता नहुनु पनि समस्या रहेको जिसीकाे भनाइ थियो । सहकारीलाई प्रभावकारी रुपमा सञ्चालनका लागि सहकारीका सदस्यहरु सचेत हुनु पर्छ र सदस्यहरुलाई सचेत बनाउने काम सहकारीका सञ्चालकहरुको रहेकोमा उनले जोड दिए । 

कार्यक्रममा बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवरले सहकारीहरुलाई व्यवस्थित रुपमा सञ्चालनका लागि गाउँपालिकाले सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले सहकारीमार्फत सदस्यलाई सचेत र सम्पन्न बनाउने अभियानलाई प्रभावकारी बनाउनु पर्ने बताए । सहकारीका सदस्यहरुलाई सहकारीमै कारोबार गर्ने, सहकारीको हित हुने कार्यमा योगदान गर्न सक्ने बनाउन सकियो भने सहकारीमा समस्या नआउने उल्लेख गरे । 



Leave a comment