हाइलाइट

आईएमई कोअपरेटिभमा २२ प्रतिशत तरलता, जगेडा कोषमा २९ करोड बढी

आईएमई कोअपरेटिभमा २२ प्रतिशत तरलता, जगेडा कोषमा २९ करोड बढी :: Sahakari Akhabar

काठमाडौं । आईएमई कोअपरेटिभ सर्भिस लिमिटेडले संस्थामा २२ प्रतिशत तरलता रहेको छ । संस्थाले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको वित्तिय विवरण अनुसार संस्थामा १ अर्व ८५ करोड ९४ लाख ५ हजार १ सय ४४ रुपैयाँ (२२ दशमलव ७५) प्रतिशत तरलता रहेको जनाइएको छ।

संस्थाले प्रकाशन गरेको वित्तिय विवरण अनुसार संस्थाको जगेडा कोषमा २९ करोड २१ लाख १५ हजार ६ सय ९१ रुपैयाँ रहेको जनाइएको छ।

त्यसैगरी संस्थामा ४१ करोड ९७ लाख ८ हजार ८ सय रुपैयाँ  शेयर पूँजी, ८ अर्व २८ करोड ३३ लाख ९० हजार १ सय ९१ रुपैयाँ बचत पुर्याउन सफल भएको छ।

साथै ७ अर्व १९ करोड १८ हजार २ सय ७७ रुपैयाँ कर्जा लगानी गरेको संस्थामा कुल संस्थागत पुँजी ७८ करोड ३५ लाख १७ हजार ४ सय ९४ रुपैयाँ र विभिन्न कोषहरुमा १२ करोड ७४ लाख ४६ हजार ७ सय ७८ रुपैयाँ रहेको छ।

कूल शेयर सदस्य संख्या ७ हजार ४ सय ३५ जना रहेको संस्थामा ९ अर्व ७२ करोड ९८ लाख ३१ हजार ७ सय ५३ रुपैयाँ कुल सम्पत्ति रहेको जनाइएको छ। संस्था २०६७ साल पौष २३ गते २५ जना शेयर सदस्यबाट ३६ लाख ४० हजार सेयर पुँजी तथा ७ जना कर्मचारीबाट संस्था सुरु गरेको हो।

संस्था सहकारी क्षेत्रमा उत्कृष्ट, सवल र सक्षम बनाउन सहकारीका मूल्य मान्यता र शिद्धान्तमा संचालन भएको र आगामी दिनमा पनि सोही अनुसार सदस्यलाई सेवा प्रवाह गर्ने जनाएको छ।

‘संस्था पारदर्शी तथा सुशासन, नैतिकता, जवाफदेहिता, निस्वार्थता, सामुहिक सद्भाव, सहयोग, समानता, स्वावलम्वन र स्वतन्त्रतालाई आत्मसाथ गरेर संचालन भएकोले सफलता पाएको हो।

 त्यसैगरी संस्थाको सेवा पारदर्शी र प्रभावकारी तथा गुणस्तरिय सेवा दिने उद्देश्यले स्तरिय सफ्टवेयरबाट सेवा दिइरहेको जनाइएको छ।संस्थाले वित्तिय कारोबारका साथै ई बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएमका साथै आइएमई पे वालेट सेवाहरु प्रदान गर्दै आएको छ ।

संस्थाको कारोबारलाई चुस्त, दुरुस्त, पारदर्शी, मितव्ययी बनाउन संचालक समिति हरदम सकृय र प्रयासरत रहेको छ । कर्जा प्रवाहमा कार्यालय कर्जा उपसमिति, सञ्चालक समिति पूर्ण उत्तरदायी रहेको छ।

संस्थाले विनाधितो कर्जा प्रवाह नहुने र प्राविधिकबाट धितो मुल््याङ्कन भए पश्चात मात्र कर्जा प्रवाह हुँदै आएको जनाएको छ । एक शेयर सदस्यलाई बढीमा प्राविधिकको धितो मुल्याङकनको आधारमा ७ करोडसम्म मात्र कर्जा प्रवाह गर्ने ब्यवस्था रहेको छ ।

संस्थाले बैदेशिक रोजगारमा रहेका आफ्ना परिवारका सदस्यहरुले आफन्तलाई सहर बजार वा ग्रामिण क्षेत्रमा सहजरुपमा रकम पठाउँन सकुन भन्ने उद्देश्यले आइएमई, जिएमईको सुपर एजेण्ट लिई करिब ४ हजार सहकारीलाई सव एजेण्ट दिई संस्थासँग आवद्ध गरेको जनाइएको छ । संस्थाले काठमाडौं महानगरपालिका वडा नं १ कान्तिपथमा रहेको आफ्नै भवनबाट सेवा प्रवाह गरेको छ ।
 



Leave a comment