काठमाडौं । झापा स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष ०७८ / ०७९ मा ४९ करोड रुपैयाँ खुद नाफा गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार संस्थाले गत आवमा ९ अर्ब ८५ करोड रुपैयाँ बचत संकलन गरी १३ अर्व रुपैयाँ लगानी गरेको जानकारी दिएको छ।
१ अर्व ६३ करोड रुपैयाँ सेयर पुँजी रहेको संस्थाको जगेडा कोषमा १ अर्व ११ रुपैयाँ र अन्य कोषमा ४५ करोड रुपैयाँ रहेको छ । त्यसैगरी संस्थामा १ अर्व ७२ करोड रुपैयाँ बाह्य ऋण रहेको छ भने ४१ करोड रुपैयाँ सम्पती रहेको जनाइएको छ । संस्थामा सदस्यहरुको संख्या १ लाख ५९ हजार ७७८ जना रहेका छन् ।
Leave a comment