हाइलाइट

सहकारी बैंकमा चुनाव : अध्यक्ष सहित अधिकांश संचालक दोहोरिने सम्भावना 

सहकारी बैंकमा चुनाव : अध्यक्ष सहित अधिकांश संचालक दोहोरिने सम्भावना  :: Sahakari Akhabar

काठमाडौं। सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकमा सर्वसम्मत  नेतृत्व चयनका लागि प्रयास सुरु भएको छ । वर्तमान अध्यक्ष केबी उप्रेती आफ्नो नेतृत्वमै नयाँ संचालक समिति चयन गर्ने योजनासहित छलफल अघि बढाएको बताइएको छ ।

स्रोतका अनुसार केहि संचालकहरु बाहेक अधिकांश पुरानै संचालक दोहोरीने गरी छलफल अघि बढेको छ । संचालकबाट राजिनामा दिएकी सरिता भट्टराई तथा संचालकहरु ज्ञान बहादुर तामाङ र हरिहरनाथ योगी र धुव्र नारायण यादव बाहेकका संचालकहरुलाई निरन्तरता दिने तयारी छ ।

अध्यक्ष उप्रतीले वर्तमान कार्यसमितिमा भएको दलिय भागवण्डा अनुसार नै संचालक समिति बनाउनका लागि छलफल गरिरहेका छन् । साधारणसभाबाट अध्यक्ष सहित १५ जना संचालक र संयोजक सहित तीन सदस्यीय लेखा समितिको चयन हुनेछ । निवर्तमान अध्यक्ष स्वत संचालक हुने व्यवस्था छ ।

बैंकको पुस १६ गते हुने १९ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गर्दैछ ।निर्वाचन उपसमितिलेसार्वजनिक गरेको कार्यतालिका अनुसार पुस ५ गतेदेखि १८ गतेसम्म निर्वाचनको समय तोकिएको छ ।

पुस ५ गते मतदाता नामावली प्रकाशन, दावी विरोध, अन्तिम नामावली प्रकाशन र उम्मेदवारी पत्र वितरण, पुस ६ गते उम्मेदवारको दरखास्त दर्ता, उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन, उम्मेदवारी सूचि उपरको दावी विरोध, दरखास्त एवं दावी विरोधको छानविन, उम्मेदवारी उपर परेको उजुरीको निर्णय तथा नामावली प्रकाशन, पुस ७ गते उम्मेदवारी फिर्ता र अन्तिम उम्मेदवारी सूची प्रकाशन र पुस १६ गते सातै प्रदेशमा हुने इकाइ सभामा ११ः ३० बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम राखिएको छ ।

देशभरबाट मतपरिणाम संकलन गरी पुस १८ गते एकाई प्रतिनिधिको केन्द्रीय सभाको कार्यक्रममा मतपरिणाम घोषणा गर्ने कार्यक्रम तय गरिएको छ । 
 



Leave a comment