काठमाडौं । रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थामा बचत र ऋण लगानी बढेको छ । संस्थाले प्रकाशन गरेको कार्तिक महिनाको वित्तिय बिवरणमा वृद्धि भएको देखिएको हो ।
संस्थाले प्रकाशित गरेको कात्तिक मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्थाको तरलता १६.१९ प्रतिशत पुगेको छ । संस्थाले बचत संकलन बृद्धिसँगै कर्जा लगानी पनि बढाएको छ । असोज मसान्तसम्ममा संस्थाले ४२ करोड १४ लाख ७७ हजार ५४७ रुपैयाँ बचत संकलत गरी ३८ करोड ७६ लाख ६३ हजार ४१९ रुपैयाँ ऋण लगानी गरेकोमा कात्तिकमा ४३ करोड २३ लाख १८ हजार ५६८ रुपैयाँ बचत संकलत गरि ३९ करोड ८९ लाख २० हजार ८०३ रुपैयाँ ऋण लगानी गरेको छ । असोजको तुलनामा कात्तिकमा संस्थाको बचत तथा ऋण लगानी बढेको छ ।
कात्तिकसम्ममा संस्थाको कूल सम्पत्ती ५७ करोड ९५ लाख ९२ हजार २३७ रुपैयाँ पुगेको छ । त्यसैगरी संस्थाको सेयर पूँजी ४ करोड ५१ लाख ३ हजार ६ सय रुपैयाँ पुगेको छ भने असोस मसान्तसम्म संस्थाको सेयर पूँजी पूँजी ४ करोड ५० लाख ८० हजार ६ सय रुपैयाँ रहेको थियो ।
त्यसैगरी जगेडा कोषमा ६ करोड ९४ हजार १३४ रुपैयाँ र अन्य कोषहरुमा ७२ लाख ८४ हजार १९६ रुपैयाँ पुगेको छ । संस्थामा ८ हजार २ सय ५० जना सदस्य रहेकोमा ७ सय ८७ जना ऋणी सदस्य रहेको जनाइएको छ ।
Leave a comment