सहारा नेपाल साकोसमा तरलता बढ्यो 

सहारा नेपाल साकोसमा तरलता बढ्यो  :: Sahakari Akhabar

काठमाडौं । झापास्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको तरलता रकम बृद्धि भएको छ । संस्थाले प्रकाशित गरेको कात्तिक मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्थाको तरलता १८.६३ प्रतिशत पुगेको छ । असोजमा संस्थाको तरलता १७.५४ प्रतिशत रहेको थियो ।

संस्थाले बचत संकलन बृद्धिसँगै कर्जा लगानी पनि घटाएपछि तरलताबढेको हो । असोज मसान्तसम्ममा संस्थाले १० अर्ब २ करोड ७१ लाख ८८ हजार १३६ रुपैयाँ बचत संकलत गरी १२ अर्ब ७८ करोड ५ लाख ४४ हजार ५८ रुपैयाँ ऋण लगानी गरेकोमा कात्तिकमा १० अर्ब ९ करोड ७१ लाख ४३ हजार २५२ रुपैयाँ बचत संकलत तथा १२ अर्ब ५४ करोड ३४ लाख ४४ हजार ऋण लगानी गरेको छ ।असोजको तुलनामा कात्तिकमा संस्थाको ऋण करिव २४ करोड रुपैयाँ घटेको छ ।

कात्तिकसम्ममा संस्थाको कूल सम्पत्ती १५ अर्ब ४४ करोड ६४ लाख ६३ हजार ९७४ रुपैयाँ करोड पुगेको छ । त्यसैगरी संस्थाको सेयर पुँजी १ अर्व ६३ करोड १८ लाख ६६ हजार ८ सय रुपैयाँ  तथा जगेडा कोषमा १ अर्व ११ करोड २१ लाख ६६ हजार ८४० रुपैयाँ र अन्य कोषहरुमा ९१ करोड ९ लाख ८४ हजार पुगेको छ । संस्थामा १ लाख ६० हजार ४ सय ३९ जना सदस्य रहेकोमा ८४ हजार ९०६ जनाले ऋणी सदस्य रहेको जनाइएको छ।



Leave a comment