काठमाडौं । सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकमा पनि कात्तिक मसान्तमा तरलता बृद्धि भएको छ । बैंकले प्रकाशित गरेको मासिक अपरष्किृत वित्तीय विवरण अनुसार कात्तिक मसान्तमा बैंकमा तरलता १८.३९ प्रतिशत रहेको छ ।
यसअघि असोजमा बैंकको तरलता १५.२६ प्रतिशतमा झरेको थियो । बैंकमा निक्षेप रकम बृद्धिसँगै तरलताको अवस्था सहज भएको हो । असोजमा बैंकमा ४० अर्व ३५ करोड ८३ लाख बचत रहेकोमा कात्तिक मसान्सम्ममा ४० अर्व ७० करोड ७९ लाख रुपैयाँ पुगेको छ ।
यस्तै ऋण लगानी असोजमा ३५ अर्ब ५७ करोड ९६ लाख रहेकोमा घटेर ३५ अर्व १० करोड २२ लाख रुपैयाँमा झरेको छ । बैंकले ऋण लगानी घटाएर तरलता बढाएको हो । कात्तिकसम्ममा बैंकको शेयरपुँजी २ अर्ब ९४ करोड ७ लाख रुपैयाँ पुगेको छ । यस्तै सेयर सदस्यहरुको संख्या १५ हजार ६३६ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ७३१ रहेको पुगेको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तीन महिनामा देशको आर्थिक सूचक सहज रहेको विवरण सार्वजनिक गरेलगत्तै बैंक तथा वित्तीय संस्थाहरुसँगै सहकारीमा पनि निक्षेप बढेको पाइएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले पनि बचत संकलन र तरलता अवस्था बृद्धि भएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
Leave a comment