हाइलाइट

नेकपा समाजवादीको योजना : एक गाउँ एक सहकारी, एक घर एक रोजगारी

नेकपा समाजवादीको योजना : एक गाउँ एक सहकारी, एक घर एक रोजगारी :: Sahakari Akhabar

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले ‘एक गाउँ एक सहकारी, एक घर एक रोजगारी’को अवधारणा अघि सारेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन–२०७९ का लागि घोषणापत्रमार्फत पार्टीले ‘गाउँ सहरमा सहकारी : घरघरमा रोजगारी’ नारा अघि सार्दै सहकारीलाई नेपाली अर्थतन्त्रको महत्वपूर्ण हिस्साका रूपमा विकास गर्ने, नेपालकासबै परिवारहरूलाई सहकारी संस्थामा आबद्ध हुन प्रोत्साहित गर्ने र सहकारीसंस्थाहरूको क्षमता विकासमा राज्यले सहयोग गर्ने बताएको छ ।

समाजवादीको घोषणपत्रमा सहकारी क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ । घोषणापत्रमा सामूहिक सहकारी खेतीको प्रोत्साहन, जलविद्युत तथा शिक्षा क्षेत्रमा सहकारीको लगानी साथै पार्टीका कार्यकर्ता आत्मनिर्भर बनाउन र दलित उद्यमशिलताका लागि समेत सहकारी क्षेत्रको उपयोग गर्ने योजना अघि सारिएको छ ।

घोषणापत्रमा उल्लेख सहकारी योजना 

सामूहिकसहकारी खेतीमा जोड दिइने र सहकारीको भावनाअनुरूप साना जग्गाधनीहरूकोसहमतिमा जग्गा एकीकृत गरी चक्ला बनाउन र जग्गा उपलब्ध गराउनेधनीहरूको आपसी सहमतिमा सहकारी संस्था बनाउन प्रोत्साहन दिइने ।

कृषियोग्य भूमिमा चक्लाबन्दी एवं गरा सुधारका कार्यक्रम र सामूहिकसहकारी खेतीमा जोड दिइने, सहकारीको भावनाअनुरूप साना जग्गाधनीहरूकोसहमतिमा जग्गा एकीकृत गरी ठुलो चक्ला बनाउन र जग्गा उपलब्ध गराउने र जग्गाधनीहरूको आपसी सहमतिमा सहकारी संस्था बनाउन प्रोत्साहन दिइने ।

नेपालको पूर्ण क्षमता अनुसारको जलविद्युत् उत्पादनगर्न र उत्पादित विद्युत्को उपयोग तथा व्यापारका लागि सरकारी, सहकारी, निजी क्षेत्रलाई संलग्न गराइने । कानुनमा सुधार गरेर सहकारी अभियानलाई शैक्षिक क्षेत्रमा आकर्षित गर्ने,सहकारीमा रूपान्तरण हुन चाहने निजी लगानीका विद्यालयलाई विशेष सुविधादिने नीति बनाउने ।

गाउँ सहरमा सहकारी : घरघरमा रोजगारी

सहकारीलाई नेपाली अर्थतन्त्रको महत्वपूर्ण हिस्साका रूपमा विकास गर्न नेपालकासबै परिवारहरूलाई सहकारी संस्थामा आबद्ध हुन प्रोत्साहित गर्ने र सहकारीसंस्थाहरूको क्षमता विकासमा राज्यले सहयोग गर्ने वातावरण बनाई ‘गाउँ सहरमासहकारी, घरघरमा रोजगारी’ को अवस्था सिर्जना गरिने ।

सबै साना उत्पादकहरूलाई सहकारी संस्थामा आबद्ध हुन टेवा पुर्याइने, सहकारीमा आबद्ध जनतालाई प्रोत्साहनस्वरूप अनुदानको व्यवस्था गर्न रबेरोजगार व्यक्तिहरूलाई उत्पादनमूलक सहकारीमा आबद्ध भई स्वरोजगारव्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाउन पहल गरिने ।

‘एक गाउँ एक सहकारी, एक घर एक रोजगारी’ अभियान अनुसार प्रत्येकगाउँ टोलमा विभिन्न विषयका सहकारी निर्माण गर्न, ती सहकारीको प्रवद्र्धनमासरकारबाट सहयोग पुर्याइने र घरघरमा रोजगारीका अवसर वृद्धि गर्न तथा सबैसहकारीलाई बिमा व्यवस्थामा आबद्ध गर्न पहल गरिने ।

राजनीतिक पार्टीका कार्यकर्ता र विभिन्न जनवर्गीय संगठनहरूमा आबद्धव्यक्तिहरूलाई उत्पादन सहकारीमा संलग्न भई राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न र आफैलाई आत्मनिर्भर बनाउन प्रोत्साहन गरिने । समुदायका बिचमा उद्यमशीलताका लागि ‘एक दलित वस्ती एक सहकारी र एकदलित परिवार एक रोजगारी’ सहित नमुना दलित बस्ती विकास कार्यक्रम’ लागुगर्न पहल गरिने ।



Leave a comment