काठमाडौका एकदर्जन बचत सहकारीबीच एकिकरणको प्रारम्भिक छलफल

काठमाडौका एकदर्जन बचत सहकारीबीच एकिकरणको प्रारम्भिक छलफल :: Sahakari Akhabar

काठमाडौं । पछिल्लो समय सहकारीहरुमा एकिकरण ( मर्ज ) अभियानकै रुपमा अगि बढिरहेको छ । केही समय अघि उपत्यकामा ३० वटा सहकारी एकिकरण भएर ४ वटा संस्था बनेका थिए । यसैगरी काठमाडौका १२ वटा बचत सहकारीले एकिकरणकोलागि पहिलो चरणको छलफल सम्पन्न गरेका छन् ।

छलफलमा बाबियाखर्क, दुर्गाभवानी, त्रिभिगन, एम.पि.टि.सी, सक्षम, बिराज, हार्डफोर्ड, कार्यबिनायक, लायन्स मित्र, गौरी गणेश, कोसेली र छिन्नमस्ता बचत तथा ऋण सहकारीले एकीकरण सम्बन्धि प्रारम्भिक छलफल सम्पन्न गरेका हुन् ।

बाबियाखक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ऋषिराज घिमिरेको संयोजकत्वमा बसेको प्रारम्भिक छलफलमा अध्यक्ष घिमिरेले बचत तथा ऋण सहकारी संस्थाहरुले ब्यवसायिक आकार बृद्धी गर्नका लागि साकोस एकिकरणको बिकल्प नभएको  बताए ।

उनले फुटेर हैन जुटेर सहकारीमा देखा परेको समस्या समाधान गर्न स्वयं सहकारी संस्थाहरुका संचालकहरु जिम्मेवार भएर लाग्नुपर्ने बताए।

सदस्यहरुलाई संस्थासंग सधै नजिक बनाउनका लागि सामुदायिक तथा सदस्यमुखी कृयाकलापहरु गरी सहकारी प्रतिको सदस्यहरुको धारणा अझ बढी सकारात्मक बनाउन सबै संस्थाहरुले तिब्रता दिनुपर्नेमा जोड दिए ।

छलफलमा बाबियाखर्क साकोसका ब्यवस्थापक बलदेबकुमार पौड्यालले सहकारी संस्था एकिकरण सम्बन्धि कानुनी पक्षहरुका बारेमा जानकारी गराए ।

छलफलमा सहभागी संस्थाहरुको आगामी बैठक असोजको दोश्रो हप्ता बसेर औपचारिक निर्णयहरु गरी एकिकरणको प्रकृया अगाडि बढाउने सहमती भएकोछ ।



Leave a comment