हाइलाइट

नेफ्स्कून संघ हो, बैंकिङ कारोबारमा मात्र केन्द्रीत हुनु हुदैन 

नेफ्स्कून संघ हो, बैंकिङ कारोबारमा मात्र केन्द्रीत हुनु हुदैन  :: Sahakari Akhabar

०४५ साल साउन ३२ गते बचत समूह राष्ट्रिय तदर्थ समितिको गठनबाट नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून) को बिजारोपण भयो । बचत समूह नै २०५० साल भदौ २९ गते नेफ्सकूनका रुपमा सहकारी विभागमा दर्ता भयो ।

यसलाई बचत तथा ऋण सहकारीको मात्र केन्द्रीय संघ भन्न मिल्दैन । किनकी यसमा विषय उल्लेख नभएपनि बचत तथा ऋणको मात्र कारोबार गरेको संस्थालाई सदस्यता दिने निर्णय भएको छ । त्यसै अनुसार पोखरा रोयल सहकारीलाई सदस्यता दिइएको हो ।

नेफ्सकून सुरुवाती दिनहरुमा विभिन्न दातृ निकायको सहयोग लिएर जिल्ला–जिल्लामा सहकारी ब्यवस्थापन तालिम संचालन गर्ने, संस्था दर्ता गर्ने र पहुँच बढाउनमै केन्द्रीत थियो । नेफ्सकूनका संचालकहरु जिल्ला जिल्लामा बचत तथा ऋण सहकारी ब्यवस्थापन तालिम लिएर जानुहुन्थ्यो ।

एक सय रुपैयाँको एक थान सेयर र मासिक सय रुपैयाँ बचत गरेपछि संघमा सदस्य हुन पाउने ब्यवस्था थियो । न्यूनतम एक हजार सेयर र ५ सय मासिक बचतको व्यवस्था गरेको २०६४ सालमा मात्र हो । म २०६४ सालमा कामु प्रमुख कार्यकारी भएर वित्तीय विवरणमा हस्ताक्षर गर्दा करिब ५ करोड मात्र कारोबार थियो ।

मिनराज कडेँलले अध्यक्ष भएपछि अन्तरलगानी कार्यक्रमलाई जोड दिएर काउन्टर नै राखेर २०६४ सालको श्रीपञ्चमीबाट सुरुवात गरिएको हो । अन्तरलगानी भन्दा अघिको नेफ्स्कुनको ब्यालेन्ससिट र त्यो एकदिन उठेको पैसा बराबर थियो । अहिले यसको कारोबार २० अर्ब रुपैयाँ भन्दा बढि भइसकेको छ ।

नेफ्स्कून भनेको बचत तथा ऋण सहकारीहरुको संघ भएकाले यसको मुख्य काम लविङ एण्ड एड्भोकेसी नै हो । सँगसँगै लिङकेज, को–अर्डिनेश पाटोमा पनि काम गर्नुपर्छ । यहि कामलाई मुख्य प्राथमिकता राखेर विगतमा संघले तालिम, शिक्षा संचालनका साथै, करका दरलगायतका विषयमा लविङको काम गर्यो।

ऐन कानुनका विषयमा पनि नेफ्सकूनले विभाग÷मन्त्रालयमा गएर आफ्नो कुरा अघि राख्दै आएको छ । जसको कारण नेफ्स्कूनले एउटा छुट्टै इमेज बनाएको थियो,  संचालक र व्यवस्थापनले बोलेपछि त्यो कुरामा त्यो तुक छ भन्ने अवस्था थियो । आज त्यो छैन भन्ने होइन भन्ने पनि होइन, तर अलिकति ओझेलमा प¥र्यो कि भन्नेमात्र हो ।

अहिले हाम्रा सहकारी संस्थाहरु १२० को स्पिडमा चलेको गाडी जस्ता छन् । जसरी साइकल दुर्घटनामा पर्यो भने घाइते हुन्छन् भने १२० स्पीडमा चलेको गाडी दुर्घटना भयो भने मृत्यु नै हुनसक्छ । आज सहकारी संस्थामा समस्या आयो भनेर राम्रैसँग चलेका, समुदायमा आधारित संस्थामा पनि बचत फिर्ता लिनेको संख्या बढेको छ ।

नेफ्स्कूनको बैंकिङ कारोबारलाई प्राथमिकता दिएपछि संघको वित्तीय अवस्था त बलियो भयो । तर, मुख्य व्यवसाय नै यहि हो भनेर लागेपछि अन्य जिम्मेवारी ओझेलमा परे । फेडेरेसनले बचत ऋणसँगै तालिम, शिक्षा, गुणस्तर सुनिश्चिततालगायतका कामहरु पनि सँगैसँगै अघि बढाउनुपर्छ ।

नेफ्स्कून बाच्नको लागि वित्तीय कारोबार गर्नुपर्छ तर, ‘राम्रा राम्रा कारोबार गर्ने संस्थाहरु यहाँ छन् काउन्टर खोल्यो भने यति बचत आउँछ’ भनेर वित्तीय कारोबारलाई प्राथमिकता दिनु हुदैन । राष्ट्रिय सहकारी बैंकलाई नेपाल राष्ट्र बैंकले पनि हेर्छ । सहकारी ऐनमा ५० करोड भन्दा बढिको कारोबार गर्ने संस्थालाई राष्ट्र बैंकले हेर्ने भनेपनि कार्यान्वयन भएको छैन ।

नेफ्स्कूनलाई अनुगमन गरिदिनुहोस्, अनुगमन गरिदिनुहोस भनेर सयौं पटक भनेपनि सुनुवाई भएको छैन । नेपाल राष्ट्र बैंकका जिम्मेवार अधिकारीले नेफ्स्कुनको नाम समेत सुन्नुभएको छैन होला । नेफ्स्कूनले पनि वित्तीय कारोबार गर्न पाउँछ र, त्यो फेडेरेसन होइन र ! भन्ने बुझाइ छ ।

राष्ट्र बैकको आखाँमा नेफ्सकूनले वित्तीय कारोबार गरेको छैन भन्ने परेको हुनुपर्छ । नेफ्सकूनले बैंकिङ कारोबारलाई व्यवस्थित गर्न साकोस बैंकको अवधारणा २०५४ मै ल्याएको हो । साकोस बैंकबाट वित्तीय कारोबार गर्ने नेफ्स्कूनले फेडेरेसनको काम गर्ने योजना हो । तर, त्यो विषय अघि बढ्न सकेको छैन ।

अहिले नेफ्स्कून, जिल्ला संघ, बहुउदेश्यी संघ, जिल्ला बचत संघ सबै काउन्टर खोल्ने, वित्तीय कारोबार गर्ने प्रतिस्पर्धामा छन् । सहकारी हुन् कि पैसा उठाउने थलो जस्तो भएको छ । साकोसका म्यानेजरलाई यति धेरै अत्याएको छ कि कुन बेला कुन संघले पैसा माग्छ थाहा हुदैन ।

संघ बाच्नका लागि वित्तीय कारोबार गरेपनि पैसा उठाउने नियत राखेर काउन्टर खोल्नु हुदैन । राष्ट्र बैंकले अनुगमन गरेन भनेर विभागको विनियममा लगाइदिएको छापले मात्र पार लगाउन सक्दैन । वित्तीय कारोबार ठूलो भइसकेको छ । रकम सुरक्षित नहुन पनि सक्छ ।

नेपालमा बचत ऋण सहकारीको विकास र नेफ्सकूनको क्षमता विकासमा एसियाली ऋण महासंघको योगदान ठूलो छ । २०५४ सालदेखि अक्कुले इन्टिच्युसनल क्रेडिट युनियन इन एसिया भन्ने कार्यक्रम संचालन गर्यो ।२०५८ सालदेखि माइक्रोफाइनान्स कार्यक्रम पनि दिएको थियो ।

२०६० सालमा सुरु भएको अन्य दुई वटा कार्यक्रमबाट झापा, मोरङ सुनसरीलगायतका जिल्लामा सहकारीको विकास भयो । ति जिल्लामा देखिएको सहकारीको विकासमा अक्कुको पनि देन छ । नेफ्स्कूनलाई पहिलो कम्प्युटर नै अक्कुले दिएको हो । एउटा मोटरसाईकल पनि किनिदिएको थियो ।

अक्कुले नेपालको सहकारीहरुको संस्थागत विकासमामा ठूलो योगदान पनि गरेको छ । विगतमा नेफ्स्कुन त्यति सक्षम पनि थिएन, त्यो बेला ठूलो सहयोग गर्र्यो । अहिले नेफ्सकून र बचत तथा ऋण सहकारीहरु सक्षम भएकाले कुनै प्रविधि दिदा थोरै शुल्क पनि लिन थालेको हो ।

अहिले हाम्रा सहकारी संस्थाहरु १२० को स्पिडमा चलेको गाडी जस्ता छन् । जसरी साइकल दुर्घटनामा पर्यो भने घाइते हुन्छन् भने १२० स्पीडमा चलेको गाडी दुर्घटना भयो भने मृत्यु नै हुनसक्छ । आज सहकारी संस्थामा समस्या आयो भनेर राम्रैसँग चलेका, समुदायमा आधारित संस्थामा पनि बचत फिर्ता लिनेको संख्या बढेको छ ।

सहकारी भन्ने वित्तीकै भाग्ने, ठग्ने संस्था भन्ने परेको छ । राम्रैसँग चलेको संस्थाहरुमा बचत फिर्ता लिन सदस्यहरुको लाइन लागेको छ । तर, बिडम्बना आजको दिनसम्म नेफ्स्कून केहि बोलेको छैन । यो अवस्थामा नेफ्स्कूनले हाम्रा संस्थाहरुको ग्यारेन्टी लिन्छौं भन्न सक्नुपर्छ ।

(नेफ्स्कूनका पूर्व प्रशासन प्रमुख शिव अधिकारीले ब्यक्त गरेको पूर्ण बिचार सहकारी अखबारको भिडियोमा उपलब्ध छ ।)

 



Leave a comment