काठमाडौं । रोयल बहुउद्देश्यीय सहकारी संस्था २५ औं वर्षमा प्रवेश गरेको छ । संस्था बैशाख ९ गते २४ बर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको हो । संस्था स्थापना दिवसको अवसरमा बिविध कार्यक्रम गरी मनाएको छ। संस्थाले बार्षिक उत्सवको अवसर पारेर आज संस्थाको मुख्य कार्यालयमा रक्तदान कार्यक्रम समेत गरेको जनाइएको छ ।
संस्थाले आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा १०६ जनाले रक्तदान गरेको जनाइएको छ । त्यसैगरी संस्थाले साता भरि विभिन्न सामाजिक कार्य गरी स्थापना दिवस मनाएको छ । बागमती सरसफाई महाअभियानमा सहभागित, दक्षिणकाली मन्दिर परिसर सरसफाई, बैशाख ५ गते दक्षिणकाली फर्पिङ शेषनारायण स्थित जेष्ठ नागरिक नर्सिङ स्याहार केन्द्रमा खाधन्न सामग्री बितरण तथा बुढानिलकण्ठ मन्दिर बुढानिलकण्ठमा सरसफाइ गरेको गरेको थियो ।
साथै बुढानिलकण्ठ सामाजिक सेवा केन्द्र बुढानिलकण्ठमा खाधन्न सामाग्री समेत बितरण गरेको छ । स्थापना दिवसकै अवसरमा संस्थाले टोखामा सेवा केन्द्रको भवन तथा कृषि श्रोत केन्द्र संचालन गरेको छ । संस्थाको २५ औं स्थापना दिवसको अवसर पारेर बैशाख ८ गते सेवा केन्द्रको भवन उद्धघाटन गरेको थियो ।
संस्थाले टोखा सेवा केन्द्रबाट कृषि श्रोत केन्द्रको सुरुवात गरेको छ । मुक्तिनाथ कृषि कम्पनीसंगको सहकार्यमा कृषि श्रोत केन्द्रको स्थापना गरेको संस्थाका प्रवन्ध निर्देशक सीताराम काफ्लेले जनाए । उनले सहकारीका सदस्यलाई ब्यवसायीक कृषि पेशामा आवद्ध गराई रोजगार सिर्जना गर्न र उद्यमी बनाउने उद्धेश्यले उक्त केन्द्रको सुरुवात गरेको जनाए ।
यो पनि पढ्नुहोला
रोयल सहकारीको सेवाकेन्द्र भवन तथा कृषि श्रोत केन्द्रको उद्धघाटन
Leave a comment