Sahakari Akhabar

सहकारीमा नैतिकताको प्रश्न

सहकारीमा नैतिकताको प्रश्न :: Sahakari Akhabar

बाफको अपेक्षामा प्रश्न गरिएको हुन्छ । प्रश्न आएपछि सम्बन्धितले जबाफदेही हुनुपर्छ । जहाँ जबाफदेहिता छैन त्यहाँ नैतिकताको पनि प्रश्न हुन्छ । त्यस कारण प्रश्न गर्ने भनेको चोरी औँला उठाउनु हो भन्ने लाग्छ ।

सकभर उक्त औला उठाउने अवसर कसैले नपाउन । तर पछिल्लो समय सहकारी यस्तो क्षेत्र भयो यो प्रश्नै प्रश्नको भण्डारण क्षेत्र भएको छ । पछिल्लो पटक झनै जटिल प्रश्न चिन्हले जरा गाडेको छ । नेताको नैतिकतामा चोरी औँला उठेका छन् ।

सहकारीको साख माथि प्रश्न उठेको छ । सहकारीको सिद्धान्तमाथि प्रश्न उठेको छ । सहकारीको वैचारिक विभेदको प्रश्न ज्युँका त्युँ छ । सहकारीको स्वायत्ततामाथि प्रश्न उठेको छ ।

सहकारी ऐन निर्माणदेखि कार्यान्वयनसम्म र नियामकदेखि पालकसम्म प्रश्न उठेको छ । अधिकार र कर्तब्य माथिनै प्रश्न उठेको छ । त्यसैले प्रश्न उठ्ने अवस्थाको सिर्जना गर्ने तर समाधानको प्रयास नगर्ने माथि प्रश्न गर्न अबेर भइसकेको हैन र ? 

सहकारीका माउ निकाय र माउतेहरूको प्रवृत्तिमाथि प्रश्न उठेको छ । उनीहरूले गरेको व्यवहारमा प्रश्न गर्ने कसले ? सहकारीले ब्याजदरको विषयमा नियामक निकाय घेराउ गर्ने, अल्टिमेटम दिनेजस्ता कार्य गर्न शोभा दिन्छ ? सहकारीमा ब्याज बढाउन सहकारी विभाग घेराउ गर्न उर्दी जारी गर्ने महासङ्घले सदस्यको फसेको बचत फिर्ता गर्ने विषयमा कुन निकाय घेराउ गर्‍यो ?

सन्दर्भ ब्याजदरको विषयमा केही दिन अघि महासङ्घले उपत्यकाका सहकारीलाई विभाग घेर्न पठायो । तीन दिने अल्टिमेटम दियो, विभागले नबढाए आफै १७ प्रतिशत ब्याज तोक्ने धम्की दियो । तर तपाइले सिभिल, ओरेण्टललगाएतका दुई दर्जन सहकारीले सदस्यको पैसा फिर्ता नदिएर सदस्यलाई सडकमा आन्दोलन गर्न बाध्य पारिदा महासंघलगायत कुन निकाय घेर्न गयो?

ब्याजदर बढाउनु पर्छ भनेर विभागमा धर्ना बसिरहँदा, अक्षता सहकारीका पीडित सदस्यहरूले पैसा फिर्ता नदिएको उजुरी लिएर आउँदा, उल्टै उनीहरूलाई समस्या नै नभएको जसरी त्यहीबाट भगाइयो ।

जनप्रतिनिधि देखि उच्च तहका नेता र पार्टीका कार्यकर्ता सहभागी रहेको क्षेत्र । के कम छ त सहकारीमा ? छैन नि ! छ त केवल नेतामा नैतिकताको कमी ! प्रशासनले चिन्दैन सहकारी, राष्ट बैंकले गन्दैन सहकारी ।

यो कुन नैतिकताले उनीहरूको अगाडी ब्याज बढाउनु पर्छ भनेर भन्न सकेको ? सहकारीका नियमकहरुले नियमन संस्थाको ढोकामा सम्मान लिन जाँदा एक बचन सहकारीका समस्याका विषयमा पनि चासो राखिदिनु पर्‍यो । सहकारीका समस्या तपाइहरूको अवसर हैनन्, चुनौती हुन् । 

नीतिले बाँधेर बलियो बनाएको सहकारी क्षेत्र नेताको नैतिकतामा धमिरा लाग्दै गर्दा धराशायी बन्दै गएकोले ढल्ने दिन कुरी रहेको छ भन्न अतिशयोक्ति नहोला । संविधानमा अर्थतन्त्रको एउटा बलियो खम्बा मानेको सहकारी क्षेत्र, बलिया बाङ्गा कालागि मात्र भएको छ, भनेर फ्याट्टै भनेमा गलत भने हुने छैन ।

सहकारी ऐन र नियमावलीले सुशासनमा जोडेको क्षेत्रलाई नेताको नैतिकताले साख घटाउँदै गएको त हामीले व्यवहार मै भोगेका छौँ । ३० हजार सङ्घ संस्था, ७४ लाख सदस्य, सहकारी नेताले मुखाग्र पारेको शब्द हो यो । उनीहरूको रोजी रोटी हो, दैनिक गुजारा हो यो ।

निम्नदेखि उच्च वर्गको सहभागिता, ७७ वटै जिल्लामा पहुँच, २१ वटा केन्द्रीय सङ्घ, अभिभावक बनेको सहकारी बैङ्क र महासङ्घ त्यसै गरी प्रदेश सङ्घ, प्रदेश विषयगत सङ्घ, जिल्ला सङ्घ, जिल्ला विषयगत सङ्घलगायत नगर तथा वडा स्तरीय समन्वय सञ्जाल रहेको क्षेत्र ।

जनप्रतिनिधि देखि उच्च तहका नेता र पार्टीका कार्यकर्ता सहभागी रहेको क्षेत्र । के कम छ त सहकारीमा ? छैन नि ! छ त केवल नेतामा नैतिकताको कमी ! प्रशासनले चिन्दैन सहकारी, राष्ट बैंकले गन्दैन सहकारी ।

सर्वसाधारणले मान्दैनन् सहकारी । किन ? भन्ने प्रश्नमाथि उत्तर कालागि बहस भएन, प्रश्नको उत्तर आए पनि समाधानको पहलकालागि पैरवी भएन । भयो त केबल एकले अर्कोलाई पछार्ने, चार वर्ष एउटै टिममा बसेर काम गरेको साथीलाई उचाल्ने र थेचार्ने ।

सहकारीका विषयलाई कार्यान्वयन गर्न छाडेर अदालतमा विषय पुर्‍याउने ।  एउटै व्यक्तिले ५ वटासम्म पद ओगटेर बस्दा पनि समस्या समाधान नहुनेहरु संगै हामी नैतिकता खोजिरहेका छौँ । ४७ वटा सहकारीका बाधक कानुन नेताको खुराक भएको छ ।

कसैलाई ७५ प्रतिशत त कसैलाई ८० प्रतिशत सहकारी कानुन सहकारी मैत्री नभएको उनीहरूको तर मार्ने तरिका मात्र भयो । जनप्रतिनिधि भइसक्दा पनि संस्थाको सञ्चालक नछोड्नेसङै हामी सहकारी सुशासनको पाठ पढिरहेका छौँ । तर प्रश्न किन गर्न सकेका छैनौँ ? खै सहकारी सुशासन भनेर । कि कसो ?



Leave a comment