दोलखा । जिल्ला सहकारी संघ लि दोलखाको संयोजन तथा मेलुङ गाउँपालिकाको अर्थिक व्यवस्थापनमा छ दिने तालिम सम्पन्न भएको छ । तालिम मेलुङ गाउँपालिका भित्रका सहकारी संस्थाहरूलाई दिइने भएको भएको हो ।
पालिकाले संघसंग सम्झौता गरि यो कार्यक्रम सुरू गरेको जनाएको छ । कार्यक्रमको उत्घाटन मेलुङ गाउपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले गरेका थिए । आजबाट सुरु भएको तालिममा २५ जानाको सहभागिता रहेको थियो ।
तालिममा मेलुङ गापाका प्रबक्ता हिराकुमार थोकर, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्तकुमार चौलागाईं, उपाध्यक्ष देविप्रसाद शर्माले शुभकामना मन्तब्य राखेका थिए । मेलुङ गापाका अध्यक्ष नरबहादुर श्रेष्ठले स्थानिय सरकार र सहकारी अभियानसंग साझेदार कार्यक्रमलाई निरन्तरता दिने बताए ।
Leave a comment