काठमाडौं । राष्ट्रिय सहकारी महासंघले पुरस्कार छनोटका लागि माग गरेको आवेदनको म्याद थप गरेको छ । महासंघले सोमबार सूचना जारी फागुन २० गतेभित्र आवेदन दिन भनेको छ । यसअघि जारी गरिएको सूचनामा माघ मसान्तभित्र आवेदन दिन भनिएको थियो ।
महासंघले उत्कृष्ट सहकारी पुरस्कार, उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार र उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार प्रदान गर्न सूचना जारी गरेको छ । अनुकरणनीय कार्य गर्ने उत्कृष्ट सहकारी संघलाई उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरिन्छ ।
त्यस्तै विषयगत विधामा उत्कृष्ट कार्य गर्ने प्रारम्भीक सहकारी संस्थाहरु महिला सहकारी संस्थासहित प्रत्येक प्रदेशबाट उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरिन्छ । महासंघमा आबद्ध सदस्य संघमा कार्यरत उत्कृष्ट कर्मचारीबाट पुरस्कार प्रदान गरिन्छ ।
महासंघको पुरस्कार छनोट निर्देशिका २०७५ अनुरुप संघले पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कार आवेदन सहित सहकारी संघसंस्थाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र अन्य कागजात संलग्न गरी पठाउनुपर्ने महासंघले जनाएको छ ।
Leave a comment