बैङ्क र नेफ्स्कून बीच गत वर्ष वैशाखमा कार्यगत एकता कालागि कार्यदल गठन भएको थियो । ब्याजदर लगायत विषयमा एकरूपता कायम गर्ने सहमति देखावटी मात्र भएको छ । ब्याजदरमा एकरूपता कागजमा मात्र भएको र आन्तरिक बार्गेनिङ हुने सहकारी कर्मी बत्ताउँछन् । अहिले पनि कोभिड तरलता कोषको चर्चा फेरि सुरु भए पनि राहत पाउनेमा सहकारी कर्मी ढुक्क छैनन् । तरलता व्यवस्थापन कोष परिणाममुखी हुनेमा सहकारी कर्मी शङ्का गर्छन् । यो खाली प्रचारमुखी मात्र भएको र गत वर्षकै जस्तो हुने सहकारकर्मीको भनाई छ ।
काठमाडौँ । जब जब महामारी बढ्छ, तब तब सहकारीका निकायहरू कोष बनाउन तात्छन् । सहकारीमा आउन सक्ने समस्या निराकरण गर्ने भन्दै तरलता कोष घोषणा गर्छन् तर कार्यान्वयनतर्फ कुनै चासो देखाउँदैनन् ।
गत वर्ष चैत्रमा कोरोना महामारीबाट सहकारीमा तरलता समस्या आउन सक्ने भन्दै व्यवस्थापन गर्न राष्ट्रिय सहकारी बैङ्क र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) ले कोष स्थापनाको घोषणा गरेका थिए ।
कोषमा दुवै संस्थाले १/१ अर्ब जम्मा गर्ने र संयुक्त कोष बनाएर समस्यामा परेका सहकारीलाई सहयोग गर्ने घोषणा गरेका थिए । तत्काल १० अर्बको तरलता कोष बनाउने भनिएको थियो । तर एक वर्ष अवधिमा उक्त कोषबाट कुनै पनि सहकारीले ऋण लगायतका सहयोग पाएका छैनन् । उक्त चर्चा त्यतिकै सेलाएको थियो ।
तरलता व्यवस्थापन कोषमा तोकिएको रकम कम भएमा थप गर्नका लागि कार्यदलले योजना बनाएर अगाडि बढ्ने सहमति भएको छ । सोमबार कार्यदलका साथै नेफ्स्कून र बैङ्कका उच्च पदाधिकारीको भर्चुअल बैठक भएको थियो । गत वर्ष नेफ्स्कून र बैङ्कबिच तरलता कोषका साथै ब्याजदरमा एकरूपता ल्याउने निर्णयसहित कार्यगत एकता गर्ने सहमति भए पनि कार्यान्वयन भएको छैन ।
पुनः दुवै संस्थाले सोमबार (१०गते) उक्त कोष ३ अर्बको बनाउने घोषणा गरेका छन् । कोभिड–१९ का कारण सहकारी सङ्घ संस्थाहरूमा हुन सक्ने तरलता अभाव सम्बोधन गर्न ३ अर्बको तरलता व्यवस्थापन कोष स्थापना गर्ने निर्णय भएको हो । कोषमा सहकारी बैङ्कको २ अर्ब र नेफ्स्कूनको १ अर्ब रहने भनिएको छ ।
गत वर्ष २ अर्बको तरलता कोषको व्यवस्था गरेकोमा अहिले बैङ्कले दोब्बर रकम उपलब्ध गराउने भएपछि कोषको आकारमा वृद्धि भएको बताइएको छ ।
कोषबाट बैङ्क र नेफ्स्कूनका सदस्य संस्थाहरूले आफ्ना सदस्यहरूलाई आपत कालिन अवस्थामा दैनिक उपभोग्य वस्तु खरिद गर्न, जीविकोपार्जन गर्न, स्वास्थ्य उपचार सम्बन्धी कार्य गर्न पाउनेछन् ।
त्यसै गरी स्वास्थ्य उपकरण खरिद गर्न तथा महामारी प्रभावसङ सम्बन्धित कार्यको लागि तरलता पुँजी अभाव भएमा त्यस्ता संस्थाहरूलाई परिचालन गरिने भनिएको छ । तर गत वर्ष उक्त कोषबाट कसैले पनि ऋण नपाएको नेफ्स्कून र बैङ्कका पदाधिकारीहरू स्विकार्छन् ।
बैङ्क र नेफ्स्कूनले आफ्ना सदस्यहरूलाई उक्त कोषबाट ऋण लगानी गर्दा समान ब्याजदर कायम गरी लगानी गर्ने, एउटा संस्थालाई १ करोड रुपैयाँ वा संस्थाको कुल बचत निक्षेपको १० प्रतिशत मध्ये जुन कम हुन्छ सोही मात्रामा ऋण लगानी गर्ने सहमति भएको जनाइएको छ ।
अध्यक्ष उप्रेतीले महामारीको कारण सहकारी सदस्य सङ्घ संस्थाहरूमा सम्भावित वित्तीय सङ्कट सम्बोधन गरी सहकारी अभियानको स्थायित्व तथा व्यवसाय निरन्तरता सुनिश्चित गर्न र संरक्षकत्व ग्रहण गर्न आवश्यक भएकोले महामारीको प्रत्यक्ष वित्तीय प्रभाव रहेको अवस्था सम्मका लागि तरलता व्यवस्थापन गर्न मद्दत पुर्याउने उद्देश्यले समझदारी भएको बताए ।
अहिले सदस्य संस्थाहरूलाई लगानी गर्न स्वीकृत गरिने ऋण एक जना शेयर सदस्यलाई बढीमा १ लाख रुपैयाँसम्म परिचालन गर्नु पर्ने जनाइएको छ । एक जना व्यक्तिले बैङ्क र नेफ्स्कून दुबैबाट कोरोना महामारी तरलता व्यवस्थापन कोष २०७८ अन्तर्गतको ऋण लिन नपाउने व्यवस्था गरिएको जनाइएको छ ।
त्यसै गरी लगानी हुने ऋणको अवधि ६ महिनाको हुने, बैङ्क र सङ्घले यो कोषको परिचालन सम्बन्धी एक अर्कालाई दैनिक रूपमा जानकारी गराउनुपर्ने लगायतका विषयमा सहमति भएको जनाइएको छ । कोष परिचालनका लागि बैङ्क र नेफ्स्कूनले आन्तरिक कार्यविधि बनाई लगानी गर्ने भएका छन् ।
कोभिड बढेपछि बैङ्कको संयोजनमा सोमबार सदस्य सहकारी सङ्घ/संस्थाहरूमा देखिन सक्ने संभावित तरलता सम्बन्धी जोखिमलाई न्यूनीकरण गर्न कोष स्थापना गर्ने निर्णय गरेको हो ।
बैङ्क र नेफ्स्कूनको सञ्चालक समितिले पारित गरेपछि तरलता व्यवस्थापन कोष कार्यान्वयन हुने बैङ्कका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिए ।
तरलता व्यवस्थापन कोषमा तोकिएको रकम कम भएमा थप गर्नका लागि कार्यदलले योजना बनाएर अगाडि बढ्ने सहमति भएको छ । सोमबार कार्यदलका साथै नेफ्स्कून र बैङ्कका उच्च पदाधिकारीको भर्चुअल बैठक भएको थियो ।
गत वर्ष तरलता कोष बनाउनेदेखि नेफ्स्कून र बैङ्कबिच कार्यगत एकता गर्ने भन्दै कार्यदलसमेत बनेको थियो । नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको संयोजकत्वमा कार्यदल गठन भए पनि खासै गतिविधि अघि बढ्न सकेन ।
अध्यक्ष उप्रेतीले महामारीको कारण सहकारी सदस्य सङ्घ संस्थाहरूमा सम्भावित वित्तीय सङ्कट सम्बोधन गरी सहकारी अभियानको स्थायित्व तथा व्यवसाय निरन्तरता सुनिश्चित गर्न र संरक्षकत्व ग्रहण गर्न आवश्यक भएकोले महामारीको प्रत्यक्ष वित्तीय प्रभाव रहेको अवस्था सम्मका लागि तरलता व्यवस्थापन गर्न मद्दत पुर्याउने उद्देश्यले समझदारी भएको बताए ।
तरलता व्यवस्थापन कोषमा तोकिएको रकम कम भएमा थप गर्नका लागि कार्यदलले योजना बनाएर अगाडि बढ्ने सहमति भएको छ । सोमबार कार्यदलका साथै नेफ्स्कून र बैङ्कका उच्च पदाधिकारीको भर्चुअल बैठक भएको थियो ।
गत वर्ष नेफ्स्कून र बैङ्कबिच तरलता कोषका साथै ब्याजदरमा एकरूपता ल्याउने निर्णयसहित कार्यगत एकता गर्ने सहमति भए पनि कार्यान्वयन भएको छैन ।
बैङ्क र नेफ्स्कून बीच गत वर्ष वैशाखमा कार्यगत एकता कालागि कार्यदल गठन भएको थियो । ब्याजदर लगायत विषयमा एकरूपता कायम गर्ने सहमति देखावटी मात्र भएको छ । ब्याजदरमा एकरूपता कागजमा मात्र भएको र आन्तरिक बार्गेनिङ हुने सहकारी कर्मी बत्ताउँछन् ।
अहिले पनि कोभिड तरलता कोषको चर्चा फेरि सुरु भए पनि राहत पाउनेमा सहकारी कर्मी ढुक्क छैनन् । तरलता व्यवस्थापन कोष परिणाममुखी हुनेमा सहकारी कर्मी शङ्का गर्छन् । यो खाली प्रचारमुखी मात्र भएको र गत वर्षकै जस्तो हुने सहकारकर्मीको भनाई छ
Leave a comment