हाइलाइट

जिल्ला सहकारी संघ काभ्रेको स्थापना दिवसमा वृद्धाश्रममा सहयोग

जिल्ला सहकारी संघ काभ्रेको स्थापना दिवसमा वृद्धाश्रममा सहयोग :: Sahakari Akhabar

काठमाडौं । जिल्ला सहकारी संघ काभ्रेको ५९औँ स्थापना दिवसको अवसरमा पनौतीस्थित वृद्धाश्रममा भोजन तथा न्यानो जुत्ता वितरण गरेको छ । संघले स्थापना दिवसको अवसरमा सामाजिक सेवामूलक कार्यक्रम अन्तर्गत पनौती नगरपालिका–९, त्रिवेणीघाटस्थित श्री प्राणनाथ माईती वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई भोजन तथा न्यानो जुत्ता वितरण गरेको हो ।

संघका अध्यक्ष अमन पोटे श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई भोजन गराउनुका साथै चिसो मौसमलाई मध्यनजर गर्दै न्यानो जुत्ता प्रदान गरिएको  संघले जनाएको छ ।

सोही अवसरमा अध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकको सम्मान र संरक्षण समाजको साझा दायित्व भएको बताउँदै सहकारी संस्थाहरूले आर्थिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिनुपर्ने बताए । स्थापना दिवसका अवसरमा आयोजित उक्त कार्यक्रमले सहकारी संस्था र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै ज्येष्ठ नागरिकप्रति सम्मान तथा मानवीय सेवाको भावना प्रवद्र्धन गर्ने अपेक्षा गरिएको संघले जनाएको छ ।



Leave a comment