हाइलाइट

चतरा सामुदायिक सहकारीद्धारा कोषमा १ लाख १ हजार रुपैयाँ योगदान

चतरा सामुदायिक सहकारीद्धारा कोषमा १ लाख १ हजार रुपैयाँ योगदान :: Sahakari Akhabar

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका–२, चतरा, सुनसरीमा रहेको चतरा सामुदायिक  बहुउद्देश्यीय सहकारी संस्थाले प्रधानमन्त्री दैवी उद्धार कोषमा योगदान गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत भोटेकोशी बाढीपीडितहरूको राहत तथा सहयोगका लागि  १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।

संस्थाले यो दुःखद घडीमा बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । साथै प्रभावित सम्पूर्ण परिवारप्रति संस्थाले ऐक्यबद्धता प्रकट गरेको छ ।

संस्थाले विगतका वर्षहरूमा हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम आयोजना गर्दै आइरहेका भए पनि यसवर्ष भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण भएको ठूलो जनधनको क्षति र त्यसबाट प्रभावित परिवारहरूको पीडालाई मध्यनजर गर्दै तीज विशेष कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको जनाएको छ ।



Leave a comment