हाइलाइट

राहत कोषमा वीरगञ्जको श्रीनिधी साकोसको १ लाख १ हजार सहयोग

राहत कोषमा वीरगञ्जको श्रीनिधी साकोसको १ लाख १ हजार सहयोग :: Sahakari Akhabar

काठमाडौं । आदर्शनगर वीरगञ्ज पर्सामा रहेको श्रीनिधी बचत तथा ऋण सहकारी संस्थाले बाढी पीडितको राहत तथा पुनःस्थापनाको लागि सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कोषमा १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको हो । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संस्थाले आर्थिक सहयोग गरेको छ ।

संस्थाको सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, तथा सदस्यबाट स्वेच्छिक रूपमा संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत चन्देश्वरप्रसाद चौरासियाले जनाएका छन् ।

संकटको घडीमा सहकारीले सामाजिक दायित्व बहन गर्दै हातेमालो गरेको उनको भनाइ छ । विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ ।

विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाले उल्लेख गरेको छ। संस्थाले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।



Leave a comment