सहकारी आफैमा पारदर्शी नभएकोले सञ्चारको प्रवर्द्धन, अभियानले नचाहेको : ढकाल 

सहकारी आफैमा पारदर्शी नभएकोले सञ्चारको प्रवर्द्धन, अभियानले नचाहेको : ढकाल  :: Sahakari Akhabar

काठमाडौँ । नेपालमा ३० हजार सहकारीमध्ये १ सय २० सञ्चार सहकारी छन् । सञ्चार सहकारीले पछिल्लो समयमा विश्वव्यापीकरण फैलिएको कोरोना भाइरस (कोभिड १९) सँग जुध्न रचनात्मक सूचना प्रवाह गरिरहेका छन् ।

कोरोनाबाट बच्न अपनाउनुपर्ने उपाय, सावधानी सचेतनामूलक कार्यक्रम, कोरोना लागेपछि कसरी सावधानी अपनाउने लगायतका विषयमा सञ्चार सहकारी क्रियाशील भएको केन्द्रीय सञ्चार सहकारी सङ्घका अध्यक्ष विष्णुहरि ढकाल बताउँछन् ।

सञ्चार सहकारीले नियमित काम गरिरहेका छन् । नियमित कामसँगै अहिले सावधानी अपनाउनुपर्ने विषयमा प्याकेज बनाएर कार्यक्रम प्रसारण तथा प्रकाशन गर्ने गरेका छन् ।

साधारण सभाको वैधानिकता दिन वर्षमा ३०/३५ जना सदस्य जुटाउन सकिए पनि नियमित बैठक बस्न समस्या हुने गरेको अध्यक्ष ढकाल बताउँछन् । १३ जना कार्य समितिमा प्रदेशबाट प्रतिनिधित्व गराउनुपर्ने, महिला अनिवार्य केन्द्र काठमाडौँ हुने भएकाले कोरम पुर्याउन मुश्किल हुने गरेको उनले सुनाए । ‘प्रतिनिधित्वको सुनिश्चितता सिद्धान्त त राम्रो हो तर  व्यवहारमा कठिन छ’ उनले भने ।

अध्यक्ष ढकाल कोभिडपछि ५ करोड भन्दा बढी रुपैयाँ बराबरको कोभिड सन्देशमूलक सामग्री सहकारीमार्फत सञ्चालन भएका सञ्चार माध्यमले प्रसारण गरेको दाबी गर्छन् । सञ्चार सहकारी देशभर १ सय २० वटा दर्ता भए पनि केन्द्रीय सङ्घमा ६५ वटा संस्था मात्र आबद्ध भएका छन् ।

सहकारीमार्फत ७५ वटा रेडियो, स्थानीय र केबुल टिभी २ वटा, राष्ट्रिय दैनिक पत्रिका एउटा सञ्चालन भइरहेका छन् । कतिपय सञ्चार माध्यम सहकारी मोडेलमा स्थापना भए पनि सहकारीको मर्म र भावना अनुसार सञ्चालन हुन सकेका छैनन् ।

लगानी सहकारीको मोडेलमा भए पनि अन्य काम, गतिविधि गरेकाले सहकारीको मर्म र सिद्धान्त अनुरूप चल्न सकेका छैनन् । अध्यक्ष ढकाल सञ्चार सहकारी सचेतनामै फोकस भएको बताउँछन् । स्थानीय तह र राष्ट्रिय परिवेश फरक छ ।

स्थानीय तहसँग मिलेर सञ्चार सहकारीले समन्वय गरी सन्देशमूलक सामग्री उत्पादन गर्ने गरेको ढकालले बताए । सहकारी सञ्चारले स्वतःस्फूर्त भोलियन्टरको रूपमा सूचना प्रवाह गरिरहेका छन् । सामाजिक पक्षमा सञ्चारको भूमिका उल्लेख्य छ ।

अन्य सञ्चार माध्यमको तुलनामा सञ्चार सहकारीले सहकारीका गतिविधिलाई पहिलो प्राथमिकता राखेका छन् । सचेतनाका साथै सहकारीका गतिविधि प्रकाशन, प्रसारणमामा प्राथमिकता दिइरहेको अध्यक्ष ढकाल बताउँछन्  ।

तर अरू सञ्चारमाध्यममा विरलै सहकारीका समाचार देख्न पाइन्छ । ‘राष्ट्रिय सञ्चारमाध्यमले सहकारी कहाँनेर छ भन्ने हेर्दैनन् । गाउँमा भएका गतिविधि महत्त्व दिँदैनन् । ’ उनले भने, ‘सहकारी सञ्चारले गाउँ गाउँमा उच्च महत्त्व दिए पनि त्यो मूल्याङ्कनको आधार बन्दैन ।’

केन्द्रीय सङ्घको कलकीका कार्यालय छ । एक जना कर्मचारी छन् । प्रोजेक्ट हुँदा अन्य कर्मचारी राखेर काम गर्ने गरे पनि यो सङ्घ आर्थिक सङ्कटमै गुज्रिरहेको छ । २०६८ सालमा स्थापना भएको सञ्चार केन्द्रीय सङ्घ १० वर्ष पुगिसक्दा पनि नेतृत्व परिवर्तन गर्न सकेको छैन । २ वर्षदेखि सङ्घ निश्क्रिय जस्तै छ ।

सञ्चार सहकारी सक्षम र आत्मनिर्भर हुन सकेका छैनन् । बागलुङको आदर्श सञ्चार सहकारीले दैनिक पत्रिका, टेलिभिजन लगायत सञ्चारमाध्यम सञ्चालन गरिरहेको छ । यसका साथै बचत तथा ऋणको पनि काम गर्दै आएको छ ।

अध्यक्ष ढकाल सुरुमा सहकारी मोडेलमा मात्र लगानी गर्दा सहकारीले प्रभावकारी सञ्चार माध्यम सञ्चालन गर्न कठिन भइरहेकाले अन्य आम्दानीका माध्यम खोज्न आवश्यक भएको उनी ठान्छन् ।

बचत तथा उपभोक्ताको काम गर्न सके त्यहाँबाट प्राप्त आम्दानीले प्रभावकारी सञ्चार चलाउन सकिने उनको भनाइ छ । बचत तथा ऋण एवम् अरू बिजनेस गरेर सञ्चार चलाउन सक्ने गरी अघि बढ्न सञ्चार सहकारी अपरिहार्य भइसकेको उनको भनाइ छ ।

सञ्चारले आफ्नै पहिचान गरी स्रोत खोज्न सक्ने, उपभोक्ताको काम गरी समाजको खाँचो टार्न सक्छन् । केन्द्रीय सङ्घले सञ्चार सहकारीलाई आत्मनिर्भर बनाउन बाटो खोजीमा लागेको बताउँछन् ।

सहकारी अभियानले सञ्चार सहकारीलाई बेवास्ता गरेका कारण पनि सञ्चार माध्यम प्रभावकारी ढङ्गले सञ्चालन हुन नसकेको उनले बताए । सहकारी आफैमा पारदर्शी नभएकाले पनि सञ्चार माध्यमको प्रवर्द्धन अभियानले नचाहेको ढकाल ठान्छन् ।

केन्द्रीय सङ्घले सञ्चार सहकारीको विकासका लागि प्रोजेक्ट सञ्चालन गर्न खोजे पनि अभियानकै कारण सफल हुन नसकेको उनको अनुभव छ । सहकारी विभागसँग मिलेर एक वर्ष प्रोजेक्ट सञ्चालन गरेर कार्यक्रम गर्न खोजिए पनि अभियानकै असहयोगका कारण कार्यक्रम रोकिएको उनले गुनासो गरे ।

अध्यक्ष ढकाल ३०/३० जना प्रतिनिधि भेला गराएर साधारण सभा गरिरहेको बताउँछन् । तर रचनात्मक काम गर्न नसकेको, आर्थिक सङ्कटमै गुज्रिएको स्विकार्छन् । दिगो श्रोत व्यवस्थापन गर्न नसकेको उनले बताए । सहकारीले आफ्नो प्रचार आफै गरिरहेका छन् । जसले गर्दा सञ्चार सहकारी फस्टाउन पाएका छैनन् । ‘पोसिलीमा करेक्सन चाहिन्छ, चेक एन्ड ब्यालेन्स गर्न सञ्चार सहकारी बलियो हुनुपर्छ’ उनले भने ।

सहकारी पारदर्शी नभएकाले मिडियालाई सक्षम बनाउन नहुने सहकारकर्मीको धारणा रहेको उनले अनुभव सुनाए । त्यसो त केन्द्रीय सञ्चार सङ्घले रचनात्मक गतिविधि गर्न सकेको छैन । वार्षिक १५ देखि २० लाखको कार्यक्रम गर्ने गरेको जनाइएको छ । तालिम, अन्तरक्रिया गर्नुका साथै कार्यक्रम उत्पादन गर्ने गरेको ढकालले बताए ।

केन्द्रीय सङ्घको कलकीका कार्यालय छ । एक जना कर्मचारी छन् । प्रोजेक्ट हुँदा अन्य कर्मचारी राखेर काम गर्ने गरे पनि यो सङ्घ आर्थिक सङ्कटमै गुज्रिरहेको छ । २०६८ सालमा स्थापना भएको सञ्चार केन्द्रीय सङ्घ १० वर्ष पुगिसक्दा पनि नेतृत्व परिवर्तन गर्न सकेको छैन । २ वर्षदेखि सङ्घ निश्क्रिय जस्तै छ ।

अध्यक्ष ढकाल ३०/३० जना प्रतिनिधि भेला गराएर साधारण सभा गरिरहेको बताउँछन् । तर रचनात्मक काम गर्न नसकेको, आर्थिक सङ्कटमै गुज्रिएको स्विकार्छन् । दिगो श्रोत व्यवस्थापन गर्न नसकेको उनले बताए ।

सहकारीले आफ्नो प्रचार आफै गरिरहेका छन् । जसले गर्दा सञ्चार सहकारी फस्टाउन पाएका छैनन् । ‘पोसिलीमा करेक्सन चाहिन्छ, चेक एन्ड ब्यालेन्स गर्न सञ्चार सहकारी बलियो हुनुपर्छ’ उनले भने ।

जेनतेन साधारण सभा गरिए पनि अधिवेशनको समय आए पनि गर्न नसकिएको ढकालले बताए । पछिल्लो समयमा कोभिडका कारण पनि अधिवेशन सरेको छ ।

उनी भन्छन्,‘सङ्घ बलियो हुन अरू संस्था अघि बढ्नुपर्छ । प्रोजेक्ट खोजेर ल्याउनुपर्ने हुन्छ, सञ्चार संस्था बलियो बनाउन सके अभियान अघि बढाउन सजिलो हुन्छ ।’

साधारण सभाको वैधानिकता दिन वर्षमा ३०/३५ जना सदस्य जुटाउन सकिए पनि नियमित बैठक बस्न समस्या हुने गरेको अध्यक्ष ढकाल बताउँछन् ।

१३ जना कार्य समितिमा प्रदेशबाट प्रतिनिधित्व गराउनुपर्ने, महिला अनिवार्य केन्द्र काठमाडौँ हुने भएकाले कोरम पुर्याउन मुश्किल हुने गरेको उनले सुनाए । ‘प्रतिनिधित्वको सुनिश्चितता सिद्धान्त त राम्रो हो तर  व्यवहारमा कठिन छ’ उनले भने ।



Leave a comment