राष्ट्र बैङ्कले सहकारी हेर्दैन । सहकारी विभागलाई सहकारीमा प्रविधि प्रयोग तथा डिजिटल कारोबार, सहकारीको नियमन र सुधार लगायतका क्षेत्रमा चासो छैन । जसले गर्दा सहकारी कमजोर बन्न पुगेका छन् ।
काठमाडौँ । पछिल्लो समय सहकारीमा डिजिटल कारोबार बढेको छ । एटिएम, मोबाइल बैङ्किङ, क्यु आर कोडलगायत डिजिटल कारोबार गर्ने सहकारी र सदस्यको सङ्ख्या बढ्दै गएको छ ।
निषेधाज्ञाका क्रममा सहकारीका सदस्यले डिजिटलमार्फत लाखौँ कारोबार गरिरहेका छन् । डिजिटल कारोबार गर्ने सहकारी र सदस्यको सङ्ख्या बढेसङै कारोबार रकम बढ्दै गएको छ ।
सदस्यले एटिएम भन्दा मोबाइल बैङ्किङ रुचाएका छन् । मोबाइल बैङ्किङमार्फत सदस्यले पैसा झिक्ने, नगद जम्मा गर्ने, रकम ट्रान्सफर गर्ने, भुक्तानी गर्ने लगायतका काम गरिरहेका छन् । सहकारीमा मोबाइल बैङ्किङको तुलनामा एटिएम प्रयोगमा कमी देखिएको छ ।
एटिएम बुथसम्म जानुपर्ने झन्झट भन्दा मोबाइल बैङ्किङबाट कारोबार बढेको सहकारी कर्मी बताउँछन् । केहीले आफ्नै मेसिन सञ्चालन गरेका छन् । केही सहकारीले आफूले मेसिन नराखी अरू बैङ्कबाट सहज र सर्वसुलभ तरिकाले कारोबार गर्ने व्यवस्था मिलाएका छन् ।
राष्ट्रिय सहकारी महासङ्घले सहकारीलाई प्रविधिसँग जोड्दै डिजिटल कारोबार बढाउने सोच अघि सारे पनि स्पष्ट दृष्टिकोण दिन सकेको छैन । त्यसो त कोभिडले सहकारीलाई डिजिटल कारोबारमा जान अघोषित दबाब दिइरहेको छ । डिजिटल कारोबारका लागि कोभिडकै क्रममा पनि कतिपय सहकारीले डेभलपर्स कम्पनीसँग सम्पर्क र चासो बढाउन थालेका छन् ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले सहकारीमा प्रविधि प्रयोगलाई बढवा दिएको छ । सहकारीका सदस्यहरूले घरमै बसी बसी आफ्नो आवश्यकता पूरा गर्न थालेका छन् ।
इन्फो डेभलपर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशी निषेधाज्ञाले सहकारीलाई प्रविधि प्रयोग गर्न सिकाएको बताउँछन् । मोबाइल बैङ्किङ, एटिएमलगायत प्रविधि प्रयोग गर्ने सहकारीको सङ्ख्या बढ्न थालेको उनले बताए ।
तर सहकारी र सदस्यको संख्याको आधारमा भन्ने हो भने सहकारीमा अझै प्रविधि प्रयोगमा उत्साह आई नसकेको उनी ठान्दछन् । ‘बिस्तारै कुरो बुझ्दै छन्, उनले भने, ‘अब प्रविधि प्रयोगमा सहकारी उत्साहित हुन थालेको देखिन्छ ।’ सहकारी अब डिजिटल डिपेनिङमा जानुपर्ने भए पनि त्यसतर्फ उनीहरूको रुचि नभएको उनले बताए ।
सबै सदस्यलाई सिकाउँदै प्रविधि प्रयोगमा अभ्यस्त बनाउनुपर्छ’ उनले भने,‘ गुणस्तरीय सेवा दिन सहकारीले प्रविधि प्रयोगमा कन्जुस्याइँ गर्न हुन्न ।’ कतिले सदस्यलाई प्रविधिमैत्री सेवा दिने भन्दा पनि फेशनको रूपमा मोबाइल बैङ्किङ र एटिएमलाई लिएको पाइएको छ ।
‘सबै सदस्यलाई सिकाउँदै प्रविधि प्रयोगमा अभ्यस्त बनाउनुपर्छ’ उनले भने,‘ गुणस्तरीय सेवा दिन सहकारीले प्रविधि प्रयोगमा कन्जुस्याइँ गर्न हुन्न ।’ कतिले सदस्यलाई प्रविधिमैत्री सेवा दिने भन्दा पनि फेशनको रूपमा मोबाइल बैङ्किङ र एटिएमलाई लिएको पाइएको छ ।
देशभर एटिएम सेवा प्रयोग गर्ने सहकारी २ सय बढी भएको बताइन्छ । त्यस्तै मोबाइल बैङ्किङ प्रयोग गर्ने त्यो भन्दा बढी छन् । देशभर ३० हजार सहकारी छन् । सहकारी क्षेत्रमा प्रविधि प्रयोग निकै कम छ ।
सहकारीलाई प्रविधि प्रयोगमा कानुनी स्पष्टतासमेत छैन । सहकारीको नियामक निकाय तथा सहकारी आन्दोलनका निकायहरू कमजोर हुँदा सहकारीले खुलेर प्रविधि प्रयोग गर्न पाएका छैनन् ।
नेपाल राष्ट्र बैङ्कका अनुसार बैङ्क तथा वित्तीय संस्थामा डिजिटल कारोबार बढेको छ । आइपीएस, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, वालेट, क्युरआर कोडलगायतबाट कारोबार उच्च रुपमा भइरहेको छ ।
चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा मोबाइल बैङ्किङलगायत डिजिटल कारोबार झन्डै तीन गुणा बढी भएको देखिन्छ । तर सहकारीमा कति कारोबार भयो भन्ने यकिन तथ्याङ्क छैन ।
डिजिटल कारोबारका लागि कोभिडकै क्रममा पनि कतिपय सहकारीले डेभलपर्स कम्पनीसँग सम्पर्क र चासो बढाउन थालेका छन् ।सीता पाइला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदार मानन्धरले दैनिक ३ लाख डिजिटल कारोबार भइरहेको बताए । सीता पाइला सहकारीको आफ्नै एटिएम मेसिन छ ।
सहकारीको नियामक निकायले प्रविधि प्रयोगमा प्रोत्साहन गर्दै त्यस्तो मेकानिजम नबनाएकाले सहकारीले अरू कम्पनीसँग सम्झौता गरेर कारोबार गरिरहेका छन् ।
राष्ट्र बैङ्कले सहकारी हेर्दैन । सहकारी विभागलाई सहकारीमा प्रविधि प्रयोग तथा डिजिटल कारोबार, सहकारीको नियमन र सुधार लगायतका क्षेत्रमा चासो छैन । जसले गर्दा सहकारी कमजोर बन्न पुगेका छन् ।
कानुनी अस्पष्टताका बाबजुद पनि पछिल्लो समयमा सहकारीले प्रविधि प्रयोगलाई विशेष जोड दिन थालेको पाइएको छ । डिजिटल कारोबार गर्न सहकारी उत्साहित देखिए पनि डिजिटल कारोबार गर्न अझै भेउ पाइसकेका छैनन् ।
राष्ट्रिय सहकारी महासङ्घले सहकारीलाई प्रविधिसँग जोड्दै डिजिटल कारोबार बढाउने सोच अघि सारे पनि स्पष्ट दृष्टिकोण दिन सकेको छैन । त्यसो त कोभिडले सहकारीलाई डिजिटल कारोबारमा जान अघोषित दबाब दिइरहेको छ ।
डिजिटल कारोबारका लागि कोभिडकै क्रममा पनि कतिपय सहकारीले डेभलपर्स कम्पनीसँग सम्पर्क र चासो बढाउन थालेका छन् ।सीता पाइला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदार मानन्धरले दैनिक ३ लाख डिजिटल कारोबार भइरहेको बताए ।
सीता पाइला सहकारीको आफ्नै एटिएम मेसिन छ । दैनिक ३५ वटा भन्दा बढी डिजिटल कारोबार भइरहेको उनले बताए । सामान्य अवस्थामा सीतापालाको दैनिक १ करोड कारोबार हुँदै आएको थियो । स्वास्थ्य, खाद्यान्न र ऋणको ब्याज तिर्न बाहेक अहिले पैसा नचाहिने भएकाले कारोबार निकै कम भएको उनले बताए ।
सीतापालाका सदस्यले संस्थाले प्रवाह गरेको एटिएम कार्डबाट सबै बैङ्कको एटिएमबाट पैसा झिक्न सकिने व्यवस्था गरेको छ । साथै सदस्यले मोबाइल तथा इन्टरनेट बैङ्किङ सेवा मार्फत फन्ड ट्रान्सफर लगायतको सेवा लिन पाउँछन् ।
संस्थाको एप मार्फत इन्टरनेट, खानेपानी लगायतको बिल समेत भुक्तानी गर्न सक्छन् । जेष्ट बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध सञ्चालक मधुसूदन पाठकले दैनिक ४०/५० लाखसम्म डिजिटल कारोबार हुने गरेको बताए । संस्थाका २ हजार २ सय सदस्यले डिजिटल कारोबार गर्छन् ।
नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका सहायक प्रबन्धक हरिप्रसाद पाण्डेले दैनिक लाखौँ कारोबार भइरहेको बताए । नेचुरल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत विकल्प पाठकले दैनिक ५० लाख डिजिटल कारोबार भइरहेको बताए ।
दैनिक हजार जना सदस्यले डिजिटल कारोबार गरिरहेका छन् । नेचुरलले क्युआर कोड, एटिएम, मोबाइल बैङ्किङ ई पेमेन्ट, फन्ड ट्रान्सफर सेवा दिइरहेको छ ।
उपत्यकामा पाँच तारा बचत तथा ऋण सहकारी कुमारी सेभिङ्ग एन्ड क्रेडिट कोअपरेटिभ, पञ्चशील बहुउद्देश्यीय सहकारी, लालीगुराँस बहुउद्देश्यीय सहकारी नवकान्तिपुर बचत तथा ऋण सहकारी, सीता पाइला बहुउद्देश्यीय सहकारीलगायतको आफ्नै एटिएम मेसिन रहेको छ ।
पाँचतारा बचत तथा ऋण सहकारीका अध्यक्ष भोला पाठक पहिलेको दुई हप्ता कारोबार वृद्धि भए पनि अहिले घटेको बताउँछन् । उनले सहकारीका सदस्यहरू प्रविधि प्रयोगमा अभ्यस्त नभइसकेको बताए ।
सहकारीको एउटा मात्र बुथ हुने र सहकारीले प्रविधिको प्रयोग भर्खरै मात्र गर्न सुरु गरेकोले सहकारीको विश्वास कम भएको हुनसक्ने उनको विचार छ ।
संस्थाले एक हजार एटिएम कार्ड बनाएको भए पनि अहिलेसम्म ४ सय सदस्यले मात्र कार्ड प्रयोग गरेको बताए । उनले दैनिक १५/१६ जनाले कारोबार गर्ने र १५ देखि २० लाखसम्मको कारोबार भइरहेको बताए । संस्थाको एप मार्फत धेरै कारोबार हुने गरेको पाठकले बताए ।
ललितपुरको पञ्चशील बहुउद्देश्यीय सहकारीले एक हजार एटिएम कार्ड वितरण गरिसकेको छ । संस्थाले प्रवाह गरेको स्मार्ट मोबाइल बौंकिङ सेवा पनि १ हजार सदस्यले उपयोग गरिरहेका छन् । निषेधाज्ञाको समयमा संस्थाको कारोबार बढेको संस्थाका आइटी प्रमुख भुवन पराजुलीले बताए ।
उनले भने ‘दैनिक ५ लाख भन्दा बढी डिजिटल कारोबार हुन्छ, कहिलेकाहीँ त्यो भन्दा माथि पनि हुने गरेको छ । संस्थाले प्रवाह गरेको एटिएम अन्य बैङ्क वित्तीय संस्थामा पनि चल्ने भएकोले सदस्य कारोबार कोलागि संस्थाको बुथमा आउनु पर्दैन ।’
उपत्यकामा पाँच तारा बचत तथा ऋण सहकारी कुमारी सेभिङ्ग एन्ड क्रेडिट कोअपरेटिभ, पञ्चशील बहुउद्देश्यीय सहकारी, लालीगुराँस बहुउद्देश्यीय सहकारी नवकान्तिपुर बचत तथा ऋण सहकारी, सीता पाइला बहुउद्देश्यीय सहकारीलगायतको आफ्नै एटिएम मेसिन रहेको छ ।
Leave a comment