- खिला दाहाल
मुलुकमा दोस्रो पटकको बन्दा बन्दी (लकडाउन) को मिति तय भएपछि अन्यौलमा परेका सहकारीकर्मीहरुलाई जिल्ला प्रशासनले झारो टारेको छ ।
उता त्यही झारो टराइमाथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सामाजिक सञ्जाल मार्फत किटान गरेर लेखेका छन् की आशय त्यही हो । काम गर्न नसकेपछि आशय बुझेर चित्त बुझाउन बाध्य भएका छन् सहकारी कर्मीहरु ।
चैत्र १६ गतेदेखि अत्यावश्यक सेवा बाहेक सबै व्यवसाय बन्द गर्ने प्रशासनको निर्देशनमा सहकारीको सेवा अत्यावश्यक भित्र नपरेपछि सहकारी कर्मीहरुले विरोध गरेका छन् । तर उनीहरूको समस्याको न प्रशासनले सम्बोधन गर्यो न सहकारीका माउ निकायले । सहकारीको नियमक मौन छ भने केन्द्रीय सङ्घहरूले जिम्मेवारी लिएका छैनन् ।
महासङ्घले प्रविधिको प्रयोग गरी सदस्यलाई सेवा दिन निर्देशन दिएको छ । चैत्र १४ गते जिल्ला प्रशासन कार्यालय काठमाण्डौद्धारा जारी आदेशमा सहकारी शब्द प्रयोग भए पनि झारो टराई गरेको छ । आदेशको ३ नम्बर बुँदामा ‘बैङ्क तथा वित्तीय संस्था एवं राष्ट्र बैङ्कबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधनहरू सम्बन्धित कार्यालयको परिचय पत्रको आधारमा आव जात गर्न दिने’ उल्लेख गरेको छ ।
यस आदेशले भने जस्तो काठमाडौँ त के पुरै नेपालमा राष्ट्र बैङ्कले वित्तीय कारोबारको अनुमति दिएका एउटा पनि सहकारी संस्था छैनन् । सहकारी बैङ्कले मात्र सीमित बैङ्किङ कारोबारको अनुमति पाएको छ ।
त्यसैले सहकारी बैङ्कबाहेकका न नेफ्स्कून न अरू केन्द्रीय सङ्घ कुनै पनि सहकारी सङ्घ संस्थाका कर्मचारीहरूले यसै बुँदाका आधारमा सेवा दिन पाउने अवस्था छैन । सहकारीहरूले बन्दाबन्दीको समयमा सदस्यलाई कार्यालयबाट सेवा दिन पाउने की नपाउने ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्याले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् ‘आशय : काठमाडौँका बचत तथा ऋणको कारोबार गर्ने सबै सहकारी संस्थाका कर्मचारीहरूले निषेधाज्ञा अवधिमा आफ्नो परिचयपत्रको आधारमा आवतजावत गर्न सक्नेछ भनिएको हो ।’
एक त केन्द्रीय सङ्घको आधिकारिक धारणा नआएकोले सदस्य सङ्घ संस्थानै अलमलमा परेका छन् भने त्यसमाथि पनि आँखामा छारो हाल्ने काम भएन र ? सङ्घको आधिकारिक ब्यक्तीले नै यसरी सामाजिक सञ्जालमा भ्रम फैलाउनु कतिको उचित छ ? सम्भव भएसम्म प्रशासनसङ समन्वय गर्नुपर्ने अवस्थालाई बेवास्ता गरेर आशय यही हो भनेर अनुमान लगाउने जस्ता कामले उत्तरदायी र जिम्मेवारी बोधको ऐना प्रस्ट छैन त ! कि कसो !
Leave a comment