Sahakari Akhabar

मेची सहकारीको अभियान : एक स्थानीय तह, एक एकीकृत बस्ती

मेची सहकारीको अभियान : एक स्थानीय तह, एक एकीकृत बस्ती :: Sahakari Akhabar

झापा । मेची सहकारी संस्थाले एक स्थानीय तहमा एक एकीकृत सहकारी वस्ती निर्माण गर्ने भएको  छ । सदस्यलाई सहुलियतमा घर दिनका लागि संस्थाले वस्ती निर्माण अभियान सञ्चालन गर्न थालेको हो ।
झापा, मोरङ र इलामका ८ वटा सेवा केन्द्रका स्थानीय तहमा एकीकृतक सहकारी वस्ती निर्माण गर्ने संस्थाले लक्ष्य लिएको छ ।

संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईका अनुसार पहिलो बस्तीको नतिजा अनुसार अन्यत्र पनि बस्ती विकास गर्ने लक्ष्य रहेको छ । संस्थाले पहिलो चरणमा दमकमा १ बिगाह १६ कठ्ठा जग्गामा एकीकृत वस्ती निर्माण सुरु गरिसकेको छ ।

सदस्यले सहकारी बस्तीका घर ओगटेर खरिद बिक्री गर्न पाउने छैनन् । कसैले नाफा कमाउने अवस्था नआओस भनेर कडाइ गरिएको संस्थाले जनाएको छ । बेच्नु परेमा ५ वर्ष पछि संस्थाको सहमतिमा अर्को सदस्यलाई प्राथमिकता दिएर बिक्री गर्नुपर्ने शर्त राखिएको छ । ८ हजार शेयर सदस्य रहेको संस्थाको शेयरपूँजी २९ करोड रुपैयाँ छ ।

याेपनी पढ्नुहाेला ।

सदस्यलाई घर निर्माण गर्दै मेची सहकारी



Leave a comment