अभियान र नेताले गर्ने काम हामीले गरेका हौँ

अभियान र नेताले गर्ने काम हामीले गरेका हौँ :: Sahakari Akhabar

मोरङको पूर्वी क्षेत्रलाई आधार बनाएर सङ्गठित भएको सहकारी कर्मचारी सङ्गठनले सक्रिय रूपमा काम गरिरहेको छ । हालै सङ्गठनले पहिलो सहकारी अभियन्ता बखानसिंह गुरुङको सालिक निर्माण सम्पन्न गरी सहकारी दिवसकोको दिन चैत्र २० गते अनावरण समेत गरेको छ । सहकारीका सङ्घ संस्था तथा अभियन्ताले गर्ने भन्दा पृथक् काम कर्मचारी सङ्गठनले गरेको सङ्गठनका अध्यक्ष गणेशकुमार राईको दाबी छ । साथै सहकारी पुस्तकालय निर्माण कार्यलाई अगाडि बढाएको पनि उनको भनाई छ । पुस्तकालयमा सहकारी क्षेत्रलाई समेटेर तयार गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पुस्तकहरू रहने सङ्गठनले जनाएको छ । सहकारी कर्मचारी सङ्गठन र सहकारीका समसामयिक विषयमा अध्यक्ष राईसँग सहकारी अखबार कालागि चीना थापाले गरेको कुराकानीको सम्पादित अंश ।

सहकारी कर्मचारीको रूपमा तपाईँको यात्रा ?

विगत १८ वर्षदेखि पथरी शनिश्चरे–२, मोरङमा रहेको लर्ड बुद्ध साकोसको व्यवस्थापक पदमा कार्यरत छु । यसर्थ अलि बढी समय संस्थाको काममा नै समय व्यतीत भइरहेको छ । सहकारी कर्मचारी सङ्गठन पतरी शनिश्चरेको माध्यमबाट सहकारी अभियानलाई सहयोग पुर्याउनका लागि समय र क्षमताले पुगेसम्म कुनै न कुनै हिसाबले प्रयत्नशील रही रहेको छु । यसका अलवा सामाजिक–राजनीतिक क्षेत्रसँग पनि निकटता रही कार्यरत छु ।

सहकारीका कर्मचारीको लागि सङ्गठनको आवश्यकता किन ?

२०६४ सालतिर सहकारी संस्थाहरू अहिलेको जस्तो नीति विधि र प्रविधिमैत्री हुन सकेका थिएन । अधिकांश कर्मचारीहरूमा व्यावसायिक ज्ञान, सिप र दक्षताको कमी थियो । एउटै भूगोलमा रहेका एउटै पेसामा आबद्ध कर्मचारीहरूबिच आपसी चिनजान पनि हुन नसकिरहेको तत्कालीन अवस्थामा सङ्गठनमा आबद्ध भई सामूहिक एकताको माध्यमबाट कर्मचारीहरूको पेसागत क्षमता अभिवृद्धिको लागि सङ्गठनको आवश्यकता महसुस भएपछि सचिन भट्टराईको अध्यक्षतामा सहकारी कर्मचारी सङ्गठनको प्रारम्भ गरिएको थियो ।

सङ्गठनमा कति कर्मचारी आबद्ध छन् ?

पथरी शनिश्चरे नगरपालिकामा सञ्चालित सहकारी संस्थाहरूमा लगभग २०० जना जति कर्मचारीहरू कार्यरत रहेको मेरो अनुमान छ । जसमध्ये १५० भन्दा बढी कर्मचारीहरू सङ्गठनमा आबद्ध हुनुहुन्छ ।

सहकारी पुस्तकालय आवश्यक ठानी स्व. बखानसिंह गुरुङको सालिकसँगै सहकारी पुस्तकालय भवन निर्माण गर्न प्रारम्भ गरेका छौँ । अहिले जमिन तहसम्मको काम सकिएको छ । भवनको बाँकी कामसँगै फर्निचर र पुस्तकहरूको व्यवस्थापन गर्ने कार्य बाँकी रहेको छ । अब आवश्यक रकमको व्यवस्थापनको लागि जिल्ला सहकारी सङ्घ, विषयगत सहकारी सङ्घहरू, राष्ट्रिय सहकारी बैङ्क, स्थानीय निकायहरू तथा जिल्लाभरिका सहकारी संस्थाहरूमा स्वैच्छिक आर्थिक सहयोगको लागि निवेदन पेग गर्ने र आगामी चैत्र २० गते सहकारी पुस्तकालयको उद्घाटन गर्ने सङ्गठनको योजना रहेको छ ।

जिल्ला भरिका सहकारी कर्मचारीहरूलाई समेट्न सक्ने सम्भावना छैन ?

जिल्ला प्रशासन कार्यालय मोरङमा २०६५ सालताका सहकारी कर्मचारी सङ्गठन, मोरङ दर्ता गरिएको थियो । उर्लाबारी, पथरी, कानेपोखरी, लेटाङ, बेलबारी र विराटनगर ईलाकाको रूपमा मोरङलाई भौगोलिक रूपमा विभाजन गरी कर्मचारीहरूलाई सङ्गठित गरिएको थियो ।

तर उक्त सङ्गठन निरन्तर सञ्चालन हुन नसक्नु दुःखद पक्ष रह्यो । यद्यपि पथरी शनिश्चरे ईलाकासहित उर्लाबारी इलाका र कानेपोखरी इलाका हालसम्म पनि सक्रिय छन् । सबैको इच्छा शक्ति भयो भने अझै पनि कर्मचारीहरूको जिल्ला स्तरीय सञ्जाल निर्माण गर्न सजिलै सकिन्छ ।

सङ्गठनले कर्मचारी कालागि के गर्छ र गरेको छ ?

स्थापनाकालदेखि नै कर्मचारीहरूको पेसागत सिप र क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरूको आयोजनालाई निरन्तरता दिइएको छ । विषयगत ज्ञानको कमीका कारण कर्मचारीलाई परेको समस्यालाई हल गर्न सङ्गठनको तर्फबाट व्यक्तिगत रूपमा पनि निरन्तर सहयोग गरिएको छ ।

कर्मचारीहरूले आफ्नो पेसागत क्षमता र कार्यकुशलतामा वृद्धि गरी संस्थाले निर्माण र विकास गरेको नीति, विधि र प्रविधिमा आधारित रही संस्था सञ्चालनमार्फत संस्थाको उन्नति प्रगतिमा क्रियाशिल रहनु कर्मचारीहरूको प्रमुख जिम्मेवारी हुन्छ ।

जब संस्था गतिशील रूपमा सञ्चालन हुन्छ तब कर्मचारीहरूले आफ्नो सेवा सुविधाको बारेमा कुनै चिन्ता लिनु पर्दैन । संस्थाले आफ्ना कर्मचारीहरूलाई समयसापेक्ष र प्रतिस्पर्धी सुविधा दिनमा कञ्जुस्याइँ गर्दैन भन्ने सङ्गठनको विश्वास र मूलमन्त्र रहेको छ । यसर्थ संगठन सदैव कर्मचारीहरूको पेसागत क्षमता अभिवृद्धिमा केन्द्रित छ ।

बखानसिंह गुरुङको सालिक निर्माण गर्नुपर्छ भन्ने सोच कसरी आयो ?

हामीले २०६४ सालमा सङ्गठनको स्थापना गर्दा नै सङ्गठनको नेतृत्वमा ५१ औँ राष्ट्रिय सहकारी दिवस पथरी बजारमा मनाएको थियौँ । २०७४ सालमा पनि विविध खेलकुद कार्यक्रम र र्यालीसहित पथरी बजार परिक्रमा गरी ६१ औँ राष्ट्रिय सहकारी दिवस सङ्गठनकै नेतृत्वमा मनाएको थियौँ ।

राष्ट्रिय सहकारी दिवस मनाउने सिलसिलामा नै जसले नेपालमा सहकारीको विधिवत् प्रारम्भ गर्ने कार्यको नेतृत्व गरे, उसैको बारेमा कहीँ कतै पनि सालिक निर्माण नभएको भन्ने विषयले हामीलाई असजिलो महसुस गरायो । हरेक वर्ष चैत्र २० गतेका दिन स्व. बखानसिंह गुरुङको फोटोमा माला लगाएर मात्र स्मरण गर्नु भन्दा एउटा सालिक नै निर्माण गर्दा कसो होला भन्ने हामीलाई लाग्यो र सङ्गठनको साधारण सभाबाट पास गरेपछि सालिक निर्माण कार्यको प्रारम्भ भएको हो ।

बखानसिंह गुरुङको सालिकसँगै उहाँको बारेमा जानकारीमूलक सूचनाहरू र सहकारी अभियानका योग्य सिपाही हुन इच्छुक महानुभावहरू, सहकारीलाई नजिकबाट बुझ्न र सहकारीको विषयमा ज्ञान आर्जन गर्न इच्छुक महानुभावहरू एवम् सहकारीको विषयमा अध्ययन गर्न इच्छा राख्ने विद्यार्थी भाइ बहिनीहरूका लागि सहकारी सम्बन्धी अध्ययन गर्नेको थलोको रूपमा सहकारी पुस्तकालय हुन अत्यावश्यक छ

सालिक निर्माण व्यवस्थापन कसरी भयो ?

सङ्गठनसँग सालिक निर्माण गर्ने आँट मात्रै थियो, पैसा थिएन । तर हामीलाई के विश्वास थियो भने नेपालमै पहिलो पटक स्व. बखानसिंह गुरुङको सालिक निर्माण हुने कुरा सिङ्गो सहकारी अभियानको लागि खुसीको समाचार हुनेछ भन्नेमा हामी विश्वस्त थियौँ । यसर्थ स्थानीय सरकार र सहकारी सङ्घ संस्थाहरूको सहयोगबाट नै निर्माण गर्न सक्छौँ भन्ने हामीलाई लागेको थियो र अहिले पनि त्यो विश्वास कायमै छ ।

जिल्ला सहकारी सङ्घ मोरङको आयोजनामा ६३ औँ राष्ट्रिय सहकारी दिवस पथरी शनिश्चरे नगरपालिकामा मनाउने र सोही दिन स्व. बखानसिंह गुरुङको सालिक अनावरण गर्ने निर्णय भएको थियो । निर्णय त भयो तर समयको कमीसँगै बजेटको पनि अभाव थियो ।

स्व गुरुङको सालिक निर्माण हुन सके विशेष गरी देशभरिका सहकारीकर्मी हरुको भ्रमण स्थलको रूपमा पथरी शनिश्चरे एक महत्त्वपूर्ण गन्तव्यको रूपमा विकास भई पर्यटन प्रवर्द्धन हुने आशयसहित सर्वप्रथम पथरी शनिश्चरे नगरपालिकामा प्रस्ताव पेस गर्याै ।

नगरप्रमुख दिलीपकुमार राईले हाम्रो प्रस्तावलाई स्वीकार गरी नगरपालिकाको तर्फबाट ३ लाख ५० हजार बजेटको व्यवस्था गरिदिनु भएपछि २०७६ चैत्र २३ गते उहाँबाट सालिकको शिलान्यास गरियो र काम पनि सम्पन्न गरियो तर लकडाउनको कारण सालिक अनावरण हुन सकेन ।

सहकारी पुस्तकालय बनाउने योजना के हुँदै छ ?

स्व. बखानसिंह गुरुङको सालिकसँगै उहाँको बारेमा जानकारीमूलक सूचनाहरू र सहकारी अभियानका योग्य सिपाही हुन इच्छुक महानुभावहरू, सहकारीलाई नजिकबाट बुझ्न र सहकारीको विषयमा ज्ञान आर्जन गर्न इच्छुक महानुभावहरू एवम् सहकारीको विषयमा अध्ययन गर्न इच्छा राख्ने विद्यार्थी भाइ बहिनीहरूका लागि सहकारी सम्बन्धी अध्ययन गर्नेको थलोको रूपमा सहकारी पुस्तकालय हुन अत्यावश्यक छ भन्ने निष्कर्षसहित सालिकसँगै सहकारी पुस्तकालय आवश्यक ठानी स्व. बखानसिंह गुरुङको सालिकसँगै सहकारी पुस्तकालय भवन निर्माण गर्न प्रारम्भ गरेका छौँ । अहिले जमिन तहसम्मको काम सकिएको छ ।

भवनको बाँकी कामसँगै फर्निचर र पुस्तकहरूको व्यवस्थापन गर्ने कार्य बाँकी रहेको छ । अब आवश्यक रकमको व्यवस्थापनको लागि जिल्ला सहकारी सङ्घ, विषयगत सहकारी सङ्घहरू, राष्ट्रिय सहकारी बैङ्क, स्थानीय निकायहरू तथा जिल्लाभरिका सहकारी संस्थाहरूमा स्वैच्छिक आर्थिक सहयोगको लागि निवेदन पेग गर्ने र आगामी चैत्र २० गते सहकारी पुस्तकालयको उद्घाटन गर्ने सङ्गठनको योजना रहेको छ ।

सङ्गठनको आगामी योजना के छ ?

प्रमुख योजना त आफू कार्यरत संस्थालाई नै अधिकतम समय प्रदान गरी उत्कृष्ट संस्थाको रूपमा स्थापित गराउन उल्लेखनीय कार्य सम्पादनमा तल्लीन हुने हो । अन्य नियमित क्रियाकलापहरूलाई निरन्तरता प्रदान गर्दै सहकारी पुस्तकालय निर्माण कार्यलाई सम्पन्न गर्नको लागि मन, बचन र कर्मले दत्तचित्त भएर लागी पर्ने योजना छ । 




Leave a comment